उत्तर प्रदेशको हमीरपुरमा निर्माणाधीन पुल भत्किँदा ६ मजदुरको मृत्यु
सारांश
- भारतको उत्तर प्रदेश राज्यको हमीरपुर जिल्लामा निर्माणाधीन पुल भत्किँदा ६ जना मजदुरको मृत्यु भएको छ ।
- भग्नावशेषमा पुरिएका अन्य तीन मजदुरको उद्धार गरी अस्पताल पठाइएको छ ।
- दुर्घटनाको कारण खराब मौसम हो वा निर्माणमा लापरबाही भन्ने विषयमा छानबिन भइरहेको छ ।
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यस्थित हमीरपुर जिल्लामा बिहीबार राति निर्माणाधीन पुल भत्किँदा ६ जना मजदुरको मृत्यु भएको छ । भग्नावशेषमुनि पुरिएका अन्य तीन मजदुरलाई उद्धार गरी अस्पताल पठाइएको छ ।
स्थानीय प्रशासनका अनुसार पुल निर्माण कार्य भइरहेको समयमा अचानक संरचना भत्किएको थियो । त्यतिबेला त्यहाँ काम गरिरहेका मजदुरहरू पुलको भग्नावशेषमुनि पुरिए । मृत्यु हुनेमध्ये दुई जना हमीरपुर र चार जना बान्डा जिल्लाका रहेका छन् ।
दुर्घटना राति आएको आँधीबेहरीका कारण भएको हो कि भन्ने प्रश्नमा अतिरिक्त प्रहरी उपरीक्षक अरविन्दकुमार वर्माले घटनास्थलमै अनुसन्धान भइरहेको र जाँचपछि मात्रै वास्तविक कारण खुल्ने बताएका छन् ।
दोषी पाइए कारबाही गरिने पनि उनले बताएका छन् । अधिकारीहरूका अनुसार राहत तथा उद्धार कार्य रातभर सञ्चालन गरिएको थियो । जेसीबी मेसिनको सहायताले भग्नावशेष हटाएर मजदुरहरूलाई बाहिर निकालिएको हो । घाइतेहरूलाई नजिकका अस्पतालमा भर्ना गरिएको छ ।
दुर्घटनापछि पुल निर्माणको गुणस्तर र सुरक्षा मापदण्डबारे प्रश्न उठ्न थालेका छन् । जिल्ला प्रशासन तथा लोक निर्माण विभागका अधिकारीहरू घटनास्थल पुगेका छन् । अधिकारीहरूले घटनाबारे छानबिनका आदेश दिइसकेको बताएका छन् ।
जाँच दुर्घटना खराब मौसमका कारण मात्र भएको हो वा निर्माण कार्यमा लापरबाही पनि थियो भन्ने विषयमा केन्द्रित हुने बताइएको छ । बिहीबार राति उत्तर प्रदेशका विभिन्न क्षेत्रमा आँधीबेहरी, वर्षा र चट्याङका घटना भएका थिए । मौसम विभागले यसअघि नै खराब मौसमको चेतावनी जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण