इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ
सारांश
- ट्रम्पले इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गर्ने बताएका छन्।
- उनले गोप्य कोठामा बैठक गर्ने र इरानको आणविक हतियार तथा हर्मुज मार्गबारे कुरा गर्नेछन्।
- इरानका विदेशमन्त्रीले अमेरिकी मागमा निर्भर हुने सम्झौताको सम्भावना बताएका छन्।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने शुक्रबार बताएका छन् ।
“अन्तिम निर्णय गर्न म अब ‘गोप्य कोठा’मा बैठक गर्नेछु”, ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “इरानसँग कहिल्यै पनि आणविक हतियार नराख्न र इन्धन तथा अन्य सामान ढुवानीका लागि हर्मुज मार्ग खोल्न सहमत हुनुपर्दछ ।”
यसैबिच तेहरानबाट प्राप्त समाचार अनु्सार इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्धविरामका लागि ‘अमेरिकी अत्यधिक’ माग के हुने भन्ने विषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्ने निर्भर हुनेछ ।
इरानका उच्च कूटनीतिज्ञ अराघचीले आफ्ना ओमानी समकक्षीलाई मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग सम्झौता गर्नु वासिङ्टनले आफ्नो ‘अत्यधिक माग’ त्यागेमा मात्र सम्भव हुनेछ ।
इरानका विदेश मन्त्रीको यो भनाइले सङ्केत गरेको छ, “अन्तिम सम्झौतामा पुग्न अमेरिकाले राखेका अत्यधिक मागमा परिवर्तन र उसका विरोधाभासपूर्ण भनाइको आधार र अमेरिकी पक्षको मनोवृत्तिको अन्तिम अवस्थामा निर्भर गर्दछ,” इरानी विदेश मन्त्रालयले मन्त्रीहरूबिचको कुराकानीको सारांशमा भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण