महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्वले मात्रै समृद्ध समाज निर्माण सम्भव : नेता आङदेम्बे
सारांश
- नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले महिलाको क्षमता, सिर्जनशीलता, नेतृत्व र योगदान राष्ट्र निर्माणका मुख्य आधारस्तम्भ भएको बताएका छन् ।
- उनले राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्वले मात्रै समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्न सकिने स्पष्ट पारेका छन् ।
- कानुनी रूपमा अधिकार प्राप्त भए पनि त्यसलाई व्यवहारमा उतार्न अझै थप प्रयासको खाँचो रहेको उनले औँल्याएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा आमाहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
दिवसको अवसरमा शनिबार एक शुभकामना सन्देश जारी गर्दै उनले महिलाको क्षमता, सिर्जनशीलता, नेतृत्व र योगदान राष्ट्र निर्माणका मुख्य आधारस्तम्भ भएको उल्लेख गरेका हुन् ।
नेता आङदेम्बेले राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्वले मात्रै समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्न सकिने स्पष्ट पारेका छन् । नेपालको संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको प्रभावकारी कार्यान्वयन, समान अवसरको सुनिश्चितता तथा महिलाको आत्मनिर्भरता र सशक्तीकरण आजको प्रमुख आवश्यकता रहेको उनको भनाइ छ । कानुनी रूपमा अधिकार प्राप्त भए पनि त्यसलाई व्यवहारमा उतार्न अझै थप प्रयासको खाँचो रहेको उनले औँल्याएका छन् ।
आफ्नो सन्देशमा नेता आङदेम्बेले नेपालको लोकतान्त्रिक आन्दोलन, महिला आन्दोलन, सामाजिक रूपान्तरण तथा राष्ट्र निर्माणका विभिन्न चरणमा महिला नेतृत्वले पुर्याएको ऐतिहासिक योगदानको चर्चा गरेका छन् ।
उनले मङ्गलादेवी सिंह, योगमाया न्यौपाने, दिव्या कोइराला, साधना प्रधान र सहाना प्रधानलगायत कयौँ महिला नेताहरूले अधिकार प्राप्तिको लडाइँमा पुर्याएको योगदान सदैव स्मरणीय रहने बताएका छन् । यी अग्रज महिला नेतृत्वको त्याग र सङ्घर्षकै जगमा आज नेपाली महिलाहरूले विभिन्न अधिकार प्राप्त गर्न सफल भएको उनले उल्लेख गरेका छन् ।
अधिकार प्राप्तिको अभियानलाई अझै उचाइमा पुर्याउन सबै पक्ष गम्भीर हुनुपर्नेमा उनले जोड दिएका छन् । महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण समुदायले साझा प्रतिबद्धताका साथ काम गर्न आवश्यक रहेको नेता आङदेम्बेको भनाइ छ । सामूहिक प्रयासबाट मात्रै समाजमा रहेका लैङ्गिक असमानता र विभेदहरूलाई जरैदेखि उखेल्न सकिने उनले विश्वास व्यक्त गरेका छन् ।
कांग्रेस नेता आङदेम्बेले राष्ट्रिय महिला अधिकार दिवसले नेपाली समाजमा महिला अधिकारप्रति थप जागरण फैलाउने अपेक्षा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण