प्रतिनिधिसभा बैठकमा लफडा, विपक्षी दलहरूले लगाए चर्को नारा
सारांश
- प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदनमाथिको छलफलमा विपक्षी दलका सांसदहरूले बेल घेराउ गर्दै चर्को नाराबाजी गरेका छन् ।
- विपक्षी दलहरूले नियमावली मस्यौदा प्रतिवेदनलाई थप छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने माग राखेका छन् ।
- कार्यसूची अनुसारको छलफलको क्रममा विपक्षी सांसदहरूले नियमावलीलाई पुनः संसदीय समितिमा पठाउनुपर्ने अडान राख्दै विरोध सुरु गरेका हुन् ।
काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदनमाथिको छलफललाई लिएर विपक्षी दलका सांसदहरूले लफडा गरेका छन् ।
आइतबार साँझ साढे ८ बजे सुरु भएको बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपालगायत सांसदहरूले बेल घेराउ गर्दै चर्को नाराबाजी गरे । नियमावली मस्यौदा समितिले पेस गरेको प्रतिवेदनलाई थप छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने माग राख्दै उनीहरूले सभामुखको आसनसमेत घेराउ गरेका हुन् ।
कार्यसूचीअनुसार प्रतिनिधिसभा नियमावलीमाथि दफावार छलफल सकेर सभामा संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी भइरहेको थियो । सोही क्रममा विपक्षी सांसदहरूले नियमावलीलाई पुनः संसदीय समितिमा पठाइनुपर्ने अडान राख्दै विरोध सुरु गरेका हुन् ।
रास्वपा सांसद गणेश पराजुलीको नेतृत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमाथि केही सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण