३३ जना एसएसपीको सरुवा, काठमाडौँमा दिलिप घिमिरे (सूचीसहित)
सारांश
- नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एस एसएसपी) को सरुवा भएको छ ।
- प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहले एसएसपीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् ।
- सरुवा सूची अनुसार काठमाडौँ र ललितपुरका प्रहरी प्रमुखहरू पनि फेरिएका छन् ।
काठमाडौँ । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ । प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले एसएसपीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् ।
सरुवा सूची अनुसार काठमाडौँ र ललितपुरका प्रहरी प्रमुखहरू पनि फेरिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँमा दिलिप घिमिरेलाई ल्याइएको छ । घिमिरे प्रहरी प्रधान कार्यालय स्थित मानवश्रोत विकास विभागमा कार्यरत थिए।
काठमाडौँका एसएसपी रमेश थापालाई प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा गरिएको छ ।
ललितपुर परिसरमा तुल बहादुर कार्कीलाई ल्याइएको छ । ललितपुरमा कार्यरत होबिन्द्र बोगटीको प्रधान कार्यालय स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको प्रमुखमा सुवास चन्द्र बोहरालाई पठाइएको छ ।
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा सञ्जय सिंह थापा, कोशी प्रदेश प्रहरी तामिल केन्द्र विराटनगरमा शिव कुमार श्रेष्ठ र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ।
सिन्धुलीको दुधौली स्थित बागमती प्रदेश प्रहरी तामिल केन्द्रमा बिर बहादुर बुढामगर, मानव बेचबिखन ब्यूरोमा नकुल पोखरेललाई पठाइएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत नवराज अधिकारीलाई साइबर ब्यूरोमा काज सरुवा गरिएको छ । प्रभु ढकाल लाई मधेस प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । ढकाल यसअघि बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत थिए । एसएसपी दयानिधी ज्ञवालीलाई लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा सरुवा गरिएको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत कृष्ण प्रसाद कोइरालालाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा पोखरामा सरुवा गरिएको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण