मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्यमन्त्री मेहतासँग चीनका राजदूतको भेटवार्ता

मङ्गलबार, १९ जेठ २०८३, ०० : १२
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • स्वास्थ्यमन्त्री निशा मेहता र चिनियाँ राजदूत चाङ माउमिङ्गबीच भेटवार्ता भएको छ ।
  • भेटमा दुई देशबीचको सम्बन्ध र स्वास्थ्य क्षेत्रमा चिनियाँ सहयोगबारे छलफल भयो ।
  • चीनले स्वास्थ्य, जनस्वास्थ्य र पूर्वाधारमा प्राविधिक सहयोग गर्ने प्रस्ताव राखेको छ ।

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि चिनियाँ राजदूत चाङ माउमिङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरवारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच दुई देशबिचको घनिष्ठ सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

मन्त्री मेहताले चीन सरकारले नेपाललाई पुर्‍याउँदै आएको सहयोग र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनामा भएको सहयोगको प्रशंसा गरिन । उनले चीनले गरेको विकासबाट नेपालले पाठ सिकेर योजनासहित काम गर्ने बताइन् ।

राजदूतले राजदूत चाङले नेपालको आर्थिक एवं सामाजिक विकासमा वर्तमान सरकारले उल्लेख्य सफलता हासिल गर्न सकोस् भनी कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्रालयका सह प्रवक्ता डा अधिकारीले जानकारी दिए । उनले चीन सरकार नेपाल सरकारको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए ।

राजदूत चाङले परम्परागत चिकित्सा प्रणाली, जनस्वास्थ्य, पूर्वाधार तथा खाद्य स्वास्च्छताका विविध क्षेत्रमा क्षमता अभिवृद्धि एवं प्राविधिक सहयोग गर्न सकिने प्रस्ताव राखे । भेटवार्तामा सरकारका उच्च अधिकारीको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप