अब वीरेन्द्रनगरका स्वास्थ्य संस्थामा आउने बिरामीले नि:शुल्क रगत पाउने
सारांश
- कर्णाली प्रदेश अस्पताल र वीरेन्द्रनगरका अन्य स्वास्थ्य संस्थामा आउने बिरामीहरूले अबदेखि नि:शुल्क रगत पाउने भएका छन् ।
- वीरेन्द्रनगर नगरपालिकाले आवश्यक रगतका लागि आर्थिक सहयोग गर्ने सम्झौता गरेको छ ।
- यो सेवा जिल्ला रेडक्रस शाखा सुर्खेतबाट संचालित ब्लड बैंकबाट प्रदान गरिनेछ ।
सुर्खेत । कर्णाली प्रदेश अस्पताल र वीरेन्द्रनगरका अन्य स्वास्थ्य संस्थामा आउने बिरामीहरूले अबदेखि नि:शुल्क रगत पाउने भएका छन् ।
वीरेन्द्रनगर नगरपालिकाले आवश्यक रगतका लागि आर्थिक सहयोग गर्ने भएको हो ।
त्यसका लागि मंगलबार वीरेन्द्रनगर नगरपालिका र जिल्ला रेडक्रसको सुर्खेत शाखाबिच सम्झौता भएको छ ।
वीरेन्द्रनगरका नगरप्रमुख मोहनमाया ढकालका अनुसार, नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेटमा नै यो विषयलाई समेटेको थियो ।
सोही अनुसार, सम्झौता भएको उनले बताइन् ।
यसलाई आगामी वर्षमा पनि निरन्तर अघि बढाउने सम्झौतामा उल्लेख गरिएको छ ।
जिल्ला रेडक्रस शाखा सुर्खेतबाट संचालित ब्लड बैंकबाट उक्त सेवा प्राप्त हुनेछ ।
ढकालले यो कार्यले स्वास्थ सेवामा ठूलो सहयोग गर्ने अपेक्षा व्यक्त गरिन् ।
प्रदेश अस्पतालका प्रमुख डाक्टर गणेश थापाले नगरपालिकाको यो कदमले बिरामीलाई थप सहयोग हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण