विदेशी युवतीको फोटो प्रयोग गरी एपमार्फत पैसा असुल्ने चिनियाँ नक्सालबाट समातिए
सारांश
- काठमाडौंको नक्सालमा कार्यालय खोलेर शंकास्पद तथा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
- भिजिट भिसामा आई 'लाइभ हब एप' मार्फत विदेशी मोडल तथा युवतीहरूको फोटो प्रयोग गरी पैसा असुल्ने गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
- पक्राउ परेका दुवै जनालाई अध्यागमन विभाग पठाइएको छ।
काठमाडौँ । काठमाडौंको नक्सालमा कार्यालय खोलेर शङ्कास्पद तथा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका–१ नक्साल नारायणचौर क्षेत्रमा भिजिट भिसामा आएका चिनियाँ नागरिकहरूले भिसाको उद्देश्य विपरीत अवैध कार्य गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नक्साल नारायणचौरमा रहेको आरआर बिल्डिङमा ‘एन्ट्रो टेक्नोलोजी’ नामक कार्यालय खोली उनीहरूले अवैध रूपमा विदेशी मोडल तथा युवतीहरूको ‘लाइभ हब एप’ मार्फत खाता खोल्ने गरेको प्रहरीले जनाएको छ। उक्त एपमार्फत विदेशी तथा भारतीय नागरिकहरूलाई साथी बनाई कुराकानी गर्ने, पैसा माग्ने तथा अन्य शङ्कास्पद गतिविधि गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले चीन फुजियान ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–१ बस्ने ३३ वर्षीय वाङ वेन्ड र ३२ वर्षीय चेन सुआङ्गुईलाई सोमबार नक्सालबाट पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका दुवै जनालाई अध्यागमन ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनका लागि कसले खेल पल्टायो ?
-
आज साउनको पहिलो सोमबार: किन बस्ने व्रत र यसको पौराणिक महत्त्व के छ ?
-
मनसुनको न्यून चापीय रेखा उत्तरतर्फ : यी स्थानमा भारी वर्षाको सम्भावना
-
दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने एम्बाप्पे
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
-
फुटबलमा स्पेनको ऐतिहासिक कीर्तिमान: पुरुष र महिला दुवै टोलीको हातमा विश्वकप उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण