‘डन ३’ विवाद नयाँ मोडमा, अदालत पुगे रणवीर सिंह
सारांश
- अभिनेता रणवीर सिंहले फिल्म उद्योगसँग सम्बन्धित संस्था पश्चिम भारत चलचित्र कर्मचारी महासङ्घ (एफडब्लुआइसीई) विरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्।
- एफडब्लुआइसीईले रणवीर सिंहलाई असहयोग गर्ने सम्बन्धी नोटिस जारी गर्दै उनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।
- रणवीर सिंहले यस विषयमा सार्वजनिक रूपमा विस्तृत प्रतिक्रिया नदिई आपसी सम्मानका साथ समाधान गर्नुपर्ने बताएका छन्।
काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंह र फिल्म ‘डन ३’ सम्बन्धी विवाद नयाँ कानुनी मोडमा पुगेको छ।
यस प्रकरणमा अभिनेता रणवीर सिंहले फिल्म उद्योगसँग सम्बन्धित संस्था पश्चिम भारत चलचित्र कर्मचारी महासङ्घ (एफडब्लुआइसीई) विरूद्ध अदालतमा मुद्दा दायर गरेका छन्।
एफडब्लुआइसीईले हालै रणवीर सिंहलाई असहयोग गर्ने सम्बन्धी नोटिस जारी गर्दै उनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। यो विवाद निर्देशक फरहान अख्तर र निर्माता रितेश सिधवानीको कम्पनी एक्सेल इन्टरटेन्मेन्टसँग चलिरहेको ‘डन ३’ सम्बन्धी मतभेदसँग जोडिएको हो।
एफडब्लुआइसीईका मुख्य सल्लाहकार अशोक पण्डितका अनुसार सङ्घलाई रणवीर सिंहको तर्फबाट कानुनी नोटिस प्राप्त भएको छ। उनले यस विषयमा थप छलफल गर्न मुम्बई सहरमा प्रेस सम्मेलन गर्ने तयारी गरिएको बताएका छन्।
रणवीर सिंहको व्यवहार असहयोगपूर्ण रहेको र पटक–पटक सम्पर्क प्रयास गर्दा पनि उनले छलफल गर्न अस्वीकार गरेको एफडब्लुआइसीईले आरोप लगाएको छ। यही आधारमा सङ्घले उनी विरुद्ध औपचारिक नोटिस जारी गरेको बताइएको छ।
रणवीर सिंहले यस विषयमा सार्वजनिक रूपमा विस्तृत प्रतिक्रिया दिएका छैनन् । उनले जारी गरेको बयानमा फिल्म उद्योग र ‘डन’ फ्रेन्चाइजसँग सम्बन्धित सबै पक्षप्रति सम्मान रहेको बताएका छन्।
उनका अनुसार ‘डन ३’ सम्बन्धी विवादहरूलाई व्यावसायिक र निजी स्तरमै आपसी सम्मानका साथ समाधान गर्नु उचित हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण