भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
बुधबार, २० जेठ २०८३, २२ : २४
सारांश
- भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–८ स्थित कलमसीमा ढलान गरेर फर्किँदै गरेका मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
- दुर्घटनामा परेर ६ जना घाइते भएका छन्, जसमध्ये दुई जना पुरुषको मृत्यु भएको छ ।
- प्रहरीका अनुसार १२ जना मजदुर बोकेको ट्याक्टर ब्रेक फेल भएर दुर्घटना भएको हो ।
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–८ स्थित कलमसीमा ट्याक्टर दुर्घटना भएको छ । ढलान गरेर फर्किँदै गरेका मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी सूर्य खड्काले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । मृतक दुवैजना पुरुष हुन् । अरु ४ जना सामान्य घाइते भएका छन् । कलमसिस्थित एक होटलको ढलान सकेर १२ जना मजदुर बोकेको ट्रक ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण