जन्मदिन विशेषः जब श्रीदेवीलाई ‘खराब आमा’ भनेर जान्ह्वी बोल्नै छाडेकी थिइन्
बलिउडकी दिवंगत नायिका श्रीदेवीको अगस्ट १३ तारिखमा जन्मदिन पर्छ । यस दिन भारतीय संचारमाध्यमले उनीबारे विभिन्न समाचार प्रकाशित गरेर उनलाई विशेष याद गरिरहेका छन् ।
आफ्नो पचास वर्षे फिल्मी करियरमा श्रीदेवीले सदमा, चाँदनी, मिस्टर इन्डिया, नागिन, इंग्लिश–विंग्लिश र ममजस्ता फिल्ममा काम गरेकी छिन् । आफ्नो अन्तिम फिल्म ममको प्रोमोशनको क्रममा उनले आफ्नो फिल्मी करियरसँग जोडिएको एक घटना सुनाएकी थिइन् ।
उनले कमल हसनसँग अभिनय गरेको फिल्म ‘सदमा’ सँग जोडिएको घटना मिडियासँग सार्वजनिक गरेकी हुन् । एक अंग्रेजी पत्रकारसँग आफ्नो अनुभव साझा गर्दै श्रीदेवीले उनकी जेठी छोरी जान्ह्वीले ६ वर्षको उमेरमा उनको फिल्म ‘सदमा’ हेरेपछि उनीसँग तीन दिनसम्म कुरा गर्न छोडेको बताइन् ।
श्रीदेवीका अनुसार सदमा हेरेपछि जान्ह्वीले उनलाई भनेकी थिइन्, ‘तपाईं खराब आमा हो र तपाईंले उनलाई (कमल हसन) राम्रो गर्नुभएन ।’
यद्यपी, श्रीदेवी ‘सदमा’ लाई त्यति उत्कट फिल्म मान्दिनन् । उनका अनुसार उक्त फिल्ममा उनले बच्चाजस्तो व्यवहार भएको एक महिलाको भूमिका निभाएकी थिइन् । श्रीदेवीले कमन हसनको भूमिका भने निकै सशक्त भएको बताएकी थिइन् ।
श्रीदेवीको ‘मम’ उनको करियरको तीन सयौं फिल्म थियो । उक्त फिल्ममा उनको भूमिकाको निकै तारिफ भएको थियो । उक्त फिल्मका लागि उनले उत्कृष्ट नायिकाको नेशनल अवार्ड पनि पाइन् तर मृत्युपश्चात् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण