आज रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशन
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि सुरु भएको छ।
- यस अधिवेशनले प्रदेश संगठनलाई थप प्रभावकारी बनाउने, आगामी कार्ययोजना तय गर्ने तथा नयाँ प्रदेश नेतृत्व चयन गर्ने लक्ष्य राखेको छ।
- अधिवेशनमार्फत नयाँ प्रदेश कार्यसमिति चयन गरिनेछ, जहाँ वर्तमान नेतृत्व पुनः दोहोरिने सम्भावना छ।
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रदेश संगठनलाई थप प्रभावकारी बनाउने, आगामी कार्ययोजना तय गर्ने तथा नयाँ प्रदेश नेतृत्व चयन गर्ने उद्देश्यले अधिवेशन आयोजना गरिएको हो।
अधिवेशनको उद्घाटन पार्टीका महामन्त्री भूपदेव शाहले गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहने जनाइएको छ।
अधिवेशनमार्फत नयाँ प्रदेश कार्यसमिति चयन गरिनेछ। यद्यपि वर्तमान प्रदेश सभापति प्रकाश विष्ट र प्रदेश महामन्त्री सन्तोष जोशी पुनः नेतृत्वमा दोहोरिन सक्ने चर्चा पार्टी वृत्तमा छ। प्रदेश संगठन विस्तार, सदस्यता अभियान र विभिन्न राजनीतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका कारण वर्तमान नेतृत्वले कार्यकर्तामाझ विश्वास कायम राखेको बताइन्छ।
पार्टीभित्र नेतृत्व परिवर्तनभन्दा निरन्तरताको पक्षमा मत बलियो देखिएको भए पनि उम्मेदवारी दर्ता, सहमति तथा निर्वाचन प्रक्रियापछि मात्रै नेतृत्वको औपचारिक टुंगो लाग्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण