सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

मधेसका अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिने

महिलाहरूलाई प्राविधिक सीप सिकाउन सहुलियतपूर्ण ऋण उपलब्ध गराइने
सोमबार, ०१ असार २०८३, १४ : ३०
सोमबार, ०१ असार २०८३

सारांश

  • मधेस प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गर्ने भएको छ ।
  • आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा बिरामीलाई समयमै एम्बुलेन्स सेवा दिन जीपीएस जडानको व्यवस्था मिलाइनेछ ।
  • प्रदेशभरिका महिलाहरूका लागि स्तन क्यान्सर तथा पाठेघरको आङ खस्ने समस्यालाई लक्षित गरी निःशुल्क शिविर सञ्चालन गरिनेछ ।

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले संसद्‌मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् । 

उनले बिरामीलाई समयमै एम्बुलेन्स सेवा उपलब्ध गराउन एम्बुलेन्सहरूमा जीपीएस जडान गरिने व्यवस्था मिलाइने समेत जानकारी दिए। त्यसैगरी प्रदेशभरिका महिलाहरूका लागि स्तन क्यान्सर तथा पाठेघरको आङ खस्ने समस्यालाई लक्षित गर्दै निःशुल्क शिविर सञ्चालन गरिने उनले बताए । 

बेटी पढाउ, बचाउ कार्यक्रमलाई परिमार्जित गरी ‘शिक्षित छोरी, सुरक्षित मधेस, उद्यमशील नारी, समृद्ध प्रदेश’ सङ्कल्पका साथ महिलाहरूलाई प्राविधिक सीप सिकाउन सहुलियतपूर्ण ऋण उपलब्ध गराइने मन्त्री भट्टराईले बताए । 

यसका लागि मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम सञ्चालन गरिने सरकारको योजना रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप