मधेसका विद्यालयमा योग र ध्यान अभियान सञ्चालन गरिने
सोमबार, ०१ असार २०८३, १४ : ३६
सारांश
- मधेस सरकारले लागुऔषध दुर्व्यसन र मानसिक स्वास्थ्य समस्या न्यूनीकरण गर्न विद्यालय र सार्वजनिक स्थलमा योग तथा ध्यान अभियान चलाउने भएको छ ।
- अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभा बैठकमा बजेट वक्तव्यमार्फत यो घोषणा गरेका हुन् ।
- बजेटमा निर्माणाधीन आयोजनालाई प्राथमिकता दिँदै कृषि कोरिडोर निर्माण र कमला नदीमा वैकल्पिक पुल बनाउने योजना पनि समावेश छ ।
जनकपुरधाम । मधेस सरकारले बढ्दो लागु औषध दुर्व्यसन र मानसिक स्वास्थ्यसम्बन्धी समस्या न्यूनीकरणका लागि विद्यालय तथा सार्वजनिक स्थलहरूमा योग तथा ध्यान अभियान सञ्चालन गर्ने भएको छ । सोमबार प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभा बैठकमा पेस गरेको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।
उनले महेन्द्रनारायण निधि र मदन भण्डारी आवास कार्यक्रमलाई एकीकृत बनाउँदै मुख्यमन्त्री आवास कार्यक्रम सञ्चालनमा ल्याउने घोषणा गरे ।
प्रदेश सरकारले निर्माणाधीन आयोजनाहरूलाई प्राथमिकतामा राखेको छ । कृषि उत्पादनलाई बजारसम्म पुर्याउन कृषि कोरिडोर निर्माण गरिने समेत बजेटमा उल्लेख छ । साथै, कमला नदीमा वैकल्पिक पुल निर्माण गरिने अर्थमन्त्रीले घोषणा गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण