कर्णालीको उद्योग, पर्यटन मन्त्रालयका लागि २ अर्ब ४६ करोड विनियोजन : पर्यटन दशक घोषणा
सारांश
- कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेट चालु आर्थिक वर्षको २ अर्ब ४२ करोडबाट बढेर आगामी आर्थिक वर्षका लागि २ अर्ब ४६ करोड ४९ लाख ७४ हजार पुगेको छ ।
- पर्यटन प्रवर्द्धनका लागि 'कर्णाली दशक' घोषणा गरिएको छ, जसमा रारा, काँक्रेविहार र कुपिन्डे दह जस्ता गन्तव्यको गुरुयोजना कार्यान्वयनका लागि २१ करोड ३५ लाख र समग्र प्रवर्द्धनका लागि ५३ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
- युवाहरूका लागि 'स्टार्टअप व्यवसाय कर्जा' कार्यक्रममा ४ करोड १० लाख, सीप विकासमा २ करोड, जलवायु परिवर्तन जोखिम न्यूनीकरणमा २० करोड ९० लाख र एकीकृत जलाधार व्यवस्थापनमा २७ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सुर्खेत । कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेट बढेको छ । चालु आर्थिक वर्षमा २ अर्ब ४२ करोड विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका २ अर्ब ४६ करोड ४९ लाख ७४ हजार विनियोजन गरिएको छ ।
अर्थमन्त्री राजीवविक्रम शाहले सोमबार बजेट भाषण गर्दै यो मन्त्रालय अन्तर्गत पर्यटनमा ‘कर्णाली दशक’ घोषणा गरिएको बताए ।
‘मुगुको रारा ताल, सुर्खेतको काँक्रेविहार र सल्यानको कुपिन्डे दह जस्ता प्रमुख गन्तव्यको गुरुयोजना कार्यान्वयनका लागि २१ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ,’ शाहले भने, ‘यस्तै, समग्र पर्यटन प्रवर्द्धनका लागि ५३ करोड ८६ लाख रुपैयाँ छुट्याइएको छु ।’
नवप्रवर्तनशील सोच भएका युवाहरूका लागि ‘स्टार्टअप व्यवसाय कर्जा’ कार्यक्रम ल्याइएको छ, जसका लागि ४ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ । निजी क्षेत्रसँगको सहकार्यमा सीप विकास गर्न थप २ करोड रुपैयाँ खर्च गरिनेछ, जसले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।
वातावरण संरक्षणतर्फ ‘सफा कर्णाली अभियान’ सञ्चालन गरिने भएको छ । जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि २० करोड ९० लाख र एकीकृत जलाधार व्यवस्थापनका लागि २७ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
साथै, लोपोन्मुख हिउँ चितुवा र हाब्रे (रेड पाण्डा) संरक्षणका लागि पनि विशेष बजेटको व्यवस्था गरिएको छ । वन सुरक्षामा आधुनिक प्रविधि (ड्रोन) को प्रयोग गरिने मन्त्री शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
-
४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा
-
बेल्जियमविरुद्ध इजिप्टको सुरुवाती अग्रता
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण