प्रधानमन्त्रीलाई सभामुखले अझै रुलिङ नगरेकोमा नेकपाको आपत्ति
बुधबार, ०३ असार २०८३, १२ : ०७
सारांश
- प्रमुख प्रतिपक्षी दल नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन सभामुखसँग माग गरेका छन् ।
- सांसद शर्माले प्रधानमन्त्रीले गलत अभिव्यक्ति नसच्याएसम्म विरोध कायमै रहने अडान स्पष्ट पारे ।
- उनले सरकारले संसदको हुर्मत लिइरहेको र संसदप्रति उत्तरदायी नभएको गुनासो गरे ।
काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले संसदमा प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धी अभिव्यक्ति तत्काल सच्याउनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको गलत अभिव्यक्ति अझै पनि नसच्चिएको र सभामुख अर्यालले पनि सच्याउनका लागि रुलिङ नगरेको प्रति आक्रोश व्यक्त गरे ।
उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति उनले आफैले संसदमा आएर नसच्याएसम्म आफूहरूको विरोध कायमै रहने अडान पनि स्पष्ट पारे । सांसद शर्माले संसदमा हुर्मत लिने काम सरकारले गरिरहेको जिकिर पनि गरे ।
सांसद शर्माले सरकार संसदप्रति उत्तरदायी भएको गुनासो पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण