गभर्नर पौडेलको हस्ताक्षर भएको ५ सय दरका नयाँ नोट प्रचलनमा
सारांश
- नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरको नयाँ बैंकनोट असार ३ गतेदेखि प्रचलनमा ल्याएको छ।
- नयाँ नोटमा गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर छ र यसमा सुरक्षा धागो, कुबेरको चित्र, र दृष्टिविहीनका लागि स्पर्श पहिचान चिह्न जस्ता विशेषताहरू थपिएका छन्।
- नोटको अगाडि सगरमाथा र पछाडि पाटेबाघको चित्र छ, जसमा वि.सं. २०८२ र २०२५ एडी सिरिज नम्बर उल्लेख गरिएको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (असार ३ गते) देखि ५०० रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै साबिककै आकार र रङ्गमा केही नयाँ विशेषताहरू थप गरी नयाँ नोट बजारमा पठाएको जानकारी दिएको हो।
नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। नोटको अगाडि भागमा ३.५ मि.मि. चौडा भएको सुरक्षा धागो राखिएको छ, जसलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ्ग देखिन्छ। त्यसैगरी, सगरमाथाको चित्रको दायाँतर्फ रहेको कुबेरको चित्र पनि सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने बनाइएको छ।
दृष्टिविहीन व्यक्तिहरूले स्पर्श गरेर नोटको दर पहिचान गर्न सकुन् भन्ने उद्देश्यले नोटको बायाँतर्फ दुईवटा काला थोप्लाहरू राखिएका छन्।
नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। नोटको अगाडिको तल्लो खण्डमा वि.सं. २०८२ र पछाडिको तल्लो खण्डमा २०२५ ए.डी. सिरिज नम्बर उल्लेख गरिएको छ।
नोटको अगाडिको भागमा सगरमाथा हिमालको चित्र रहेको छ भने पछाडिको भागमा पाटेबाघको चित्र रहेको छ ।
राष्ट्र बैंकका अनुसार यो नोट झ/३८ ०००००१ देखि ट/८३ ९९९९९९ सम्मको प्रिफिक्समा उपलब्ध हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण