विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित दुई जनालाई सफाइ
सारांश
- नवलपरासीको महेन्द्र माध्यमिक विद्यालयको जग्गाबाट सम्झौताभन्दा बढी माटो उत्खनन गरी भ्रष्टाचार गरेको भनी विशेष अदालतमा दायर भएको मुद्दामा दुई जनाले सफाइ पाएका छन् ।
- विशेष अदालतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरी र निर्माण व्यवसायी दिनेश यादवलाई भ्रष्टाचारको आरोपबाट सफाइ दिने ठहर गरेको छ ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरी र दिनेश यादव विरुद्ध १० लाख ८ हजार बिगो माग गर्दै मुद्दा दायर गरेको थियो ।
काठमाडौँ । नवलपरासीको महेन्द्र माध्यमिक विद्यालयको जग्गाबाट सम्झौताभन्दा बढी माटो उत्खनन गरी भ्रष्टाचार गरेको भनी चलाइएको मुद्दामा विशेष अदालतले विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित दुई जनालाई सफाइ दिएको छ ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले नवलपरासीको सरावल गाउँपालिका–३ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरी र दिनेश यादवलाई भ्रष्टाचारको आरोपबाट सफाइ दिने ठहर गरेको छ । अख्तियारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरी र रामग्राम नगरपालिका-४ का दिनेश यादव विरुद्ध १० लाख ८ हजार बिगो माग गर्दै मुद्दा दायर गरेको थियो ।
नवलपरासीको सरावल गाउँपालिका–३ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयको स्वामित्वमा रहेको कित्ता नं. १४२ र २९५ को जग्गाबाट माटो उत्खनन र निकासी गर्नका लागि विद्यालय व्यवस्थापन समिति र निर्माण व्यवसायी दिनेश यादवबिच २०८० साल फागुन १५ गते सम्झौता भएको थियो ।
उक्त सम्झौतामा तोकिएको परिमाणभन्दा बढी माटो उत्खनन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । सरावल गाउँपालिकाले गठन गरेको प्राविधिक टोलीको प्रतिवेदनका आधारमा सम्झौताभन्दा बढी माटो निकालिएको दाबी गरिएको थियो । तर, प्रतिवादी दिनेश यादवले आफूले सम्झौताभन्दा बढी माटो उत्खनन नगरेको र काम गरेको रकम समेत भुक्तानी लिन बाँकी रहेको भन्दै अदालतमा बयान दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण