एमालेको नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा ८७.६ प्रतिशत मत (मत सर्वेक्षण नतिजा)
सारांश
- एमाले निकट युवाहरूले गरेको 'पुनर्जागरण अभियान-२०८२' अन्तर्गतको मत सर्वेक्षण नतिजा सार्वजनिक भएको छ ।
- सर्वेक्षणमा ९१.४% ले पार्टी रूपान्तरणको पक्षमा, ९५.४% ले नेतृत्वको व्यवहार सुध्रिनुपर्ने र ८७.६% ले नेतृत्व परिवर्तनको पक्षमा मत हालेका छन् ।
- सर्वेक्षणमा ४०-६० वर्ष उमेर समूहका ४३.७% सहभागी थिए र ८२.९% ले नेतृत्व चयनमा सबै सदस्यको मत लिनुपर्ने व्यवस्थाको पक्षमा मतदान गरेका छन् ।
काठमाडौँ । एमाले निकट युवाहरूले पार्टी रूपान्तरण र पुनःसंरचनाका लागि गरेको ‘पुनर्जागरण अभियान–२०८२’ अन्तर्गतको मत सर्वेक्षण नतिजा सार्वजनिक भएको छ ।
असार १२ गते सुरु भएको अभियान अन्तर्गतको मत सर्वेक्षण असार २२ सम्म सञ्चालन गरिएको अभियानकर्ताहरूले बताएका छन् । मत सर्वेक्षणका लागि खुला रूपमा गुगल फर्ममार्फत विभिन्न १८ वटा प्रश्न सोधिएको थियो ।
उक्त फर्ममार्फत स्वदेश तथा विदेशमा रहेका एमालेका सङ्गठित सदस्य, समर्थक, शुभेच्छुक तथा स्वतन्त्र नागरिकले सुझाव दिएका छन् । देशभरसहित विदेशका १४ राष्ट्रमा रहेका नेपाली नागरिकहरूले सहभागिता जनाएको अभियानकर्ता गजेन्द्र थपलियाले जानकारी दिए ।
उनका अनुसार मत सर्वेक्षण रिपोर्ट बिहीबार एमाले महासचिव तथा एमाले पुनर्गठन कार्यदलका सदस्यसचिव शंकर पोखरेललाई बुझाइएको छ ।
अभियानको मुख्य उद्देश्य पार्टीको भावी दिशा, नेतृत्व हस्तान्तरण, सङ्गठनात्मक पुनः संरचना, पुस्तान्तरण र आन्तरिक लोकतान्त्रीकरणका विषयमा कार्यकर्ता तथा शुभेच्छुकको प्रत्यक्ष धारणा सङ्कलन गर्नु रहेको बताइएको छ ।
मत सर्वेक्षण प्रक्रियामा सबैभन्दा धेरै ४० देखि ६० वर्ष उमेर समूहका ४३ दशमलव ७ प्रतिशत मानिस सहभागी भएका थिए । त्यस्तै ६० वर्षमाथिका ३७ दशमलव १ प्रतिशत र १८ वर्षदेखि ३० वर्ष उमेर समूहका १३ दशमलव ७ प्रतिशत सहभागी भएको सार्वजनिक नतिजामा उल्लेख छ ।
मत सर्वेक्षणमा ‘नेकपा एमाले हालकै अवस्थामा अघि बढ्न सक्छ ?’भनेर सोधिएको प्रश्नमा रूपान्तरणको पक्षमा ९१.४ प्रतिशतले मत हालेका छन् ।
त्यस्तै विद्यामान पार्टी नेतृत्वको व्यवहार तथा आचरण सुध्रिनुपर्छ भनेर मत हाल्नेमा ९५ दशमलव ४ रहेका छन् । त्यसैगरी विद्यामान पार्टी नेतृत्वको कार्यशैली सुध्रिनुपर्छ भनेर मत हाल्नेमा झन्डै ९५ प्रतिशत अर्थात् ९४.९ प्रतिशतले मत हालेका छन् ।
विद्यामान पार्टी नीति बदल्नुपर्छ भन्नेमा ८७.५ प्रतिशतले मत हालेका छन् भने हालकै नीति ठिक छ भन्नेमा १०.५ प्रतिशतले मत हालेका छन् ।
त्यस्तै पार्टी नेतृत्व परिवर्तनको पक्षमा ८७.६ प्रतिशतले मत हाल्दा हालकै नेतृत्व ठिक भन्नेमा १०.५ प्रतिशत रहेका छन् ।
पार्टीको विद्यमान संगठनात्मक संरचना परिवर्तन गर्नुपर्ने पक्षमा ९१.४ प्रतिशतले मतदान गर्दा पार्टी नेतृत्व चयन प्रक्रियामा सबै सङ्गठित सदस्यहरूको मत लिने व्यवस्था गर्नुपर्ने पक्षमा ८२.९ प्रतिशतले मत दिएका छन् ।
त्यस्तै पार्टी वा संसदीय निर्वाचनमा एकै पदमा बढीमा २ पटक मात्र जिम्मेवारी लिन पाउने व्यवस्था आवश्यक छ ? भन्ने प्रश्नमा ८२.८ प्रतिशतले आवश्यक छ भन्नेमा मत हालेका छन् ।
त्यसैगरी नेकपा एमाले पुनसंरचनाको निकास विशेष महाधिवेशनमार्फत निकाल्नुपर्छ भन्नेमा ४७.७ प्रतिशतले मत जाहेर गरेका छन् भने अर्ली महाधिवेशनको पक्षमा २५ प्रतिशत र केन्द्रीय कमिटीको पक्षमा २४.४ प्रतिशतले मत दिएका छन् ।
त्यसैगरी विद्यमान अवस्थामा नेकपा एमालेको नेतृत्व हस्तान्तरण कुन तहका नेतालाई गर्दा उपयुक्त होला भन्ने प्रश्नमा केन्द्रीय कमिटीभित्रबाट भन्नेमा ५०.२ प्रतिशत, पदाधिकारीभित्रबाट भन्नेमा १६.७ र केन्द्रीय कमिटीभन्दा बाहिरबाट खोज्नुपर्छ भन्नेमा २६.४ प्रतिशतले मत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको बजेटबारे सत्तापक्षकै चर्को विरोध, प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
-
नागरिकले आत्मदाह गरिरहँदा सरकार कहाँ छ? : दुलाल
-
कर्णालीमा पर्यटनतर्फको झन्डै ८० प्रतिशत बजेट मठ–मन्दिर, कुल देउता, देवी र माताका थानमा
-
जेनजी आन्दोलनबारे मानवअधिकार आयोग प्रतिवेदनको १७७ नम्बर बुँदा सच्याउन एमालेको निवेदन (पूर्णपाठ)
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
-
नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण