५० हजार कर्मचारीलाई कामबाट निकाल्ने फक्सवागनको सङ्केत
काठमाडौँ । जर्मनीको प्रमुख सवारीसाधन निर्माता कम्पनी फक्सवागनले विश्वव्यापी रूपमा अरू झन्डै ५० हजार रोजगारी कटौती गर्न सक्ने सङ्केत दिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) ओलिभर ब्लुमले कर्मचारीहरूलाई पठाएको आन्तरिक सन्देशमा प्रतिस्पर्धी कम्पनीहरूको लागत संरचनासँग बराबरी गर्न थप खर्च कटौती आवश्यक रहेको उल्लेख गरेका छन् ।
रोयटर्सले प्राप्त गरेको उक्त आन्तरिक सूचनाअनुसार फक्सवागनले यसअघि नै आफ्ना पोर्श र आउडीसहित विभिन्न सहायक कम्पनीहरूमा ५० हजार रोजगारी कटौती गर्ने सहमति गरिसकेको छ ।
तर कम्पनीको लागत अझै पनि प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा करिब २० प्रतिशत बढी रहेको मूल्याङ्कनपछि थप संरचनात्मक सुधार आवश्यक देखिएको ब्लुमले बताएका छन् ।
उनका अनुसार यही लागत अन्तरलाई आधार मान्दा सैद्धान्तिक रूपमा विश्वभर थप ५० हजार रोजगारी कटौती गर्नुपर्ने अवस्था देखिएको छ । यद्यपि यो अन्तिम निर्णय नभई प्रारम्भिक गणना मात्र भएको उनले स्पष्ट पारेका छन्।
ब्लुमले कम्पनीका सबै ब्रान्ड, सहायक कम्पनी र विभिन्न क्षेत्रीय कार्यालयमा आवश्यक समायोजनको समीक्षा भइरहेको जानकारी दिएका छन् ।
वास्तवमा कति रोजगारी कटौती आवश्यक र सम्भव हुन्छ भन्ने विषयमा विस्तृत मूल्याङ्कन भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
-
तस्बिरमा हेर्नुहोस् वर्षाका कारण नागढुंगा चेकपोस्टमा होल्ड गरिएको सवारी साधन
-
वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कञ्चनपुरमा महाकाली नदीमा डुबेर एक युवकको मृत्यु
-
धरान विद्युत् कार्यालयको गाडी दुर्घटनाः दुईको मृत्यु, एक घाइते
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण