अमेरिकामा भानुभक्तको सालिक स्थापना
सारांश
- अमेरिकाको क्यालिफोर्नियामा आदिकवि भानुभक्त आचार्यको शालिक स्थापना गरिएको छ।
- यो नेपाल र भारतबाहेक डायस्पोरामा आदिकविको शालिक स्थापना गरिएको पहिलो घटना हो।
- मेयर मार्टिनेजले नेपाली भाषाका आदिकविको शालिक राखेर यो शहर सांस्कृतिक रूपमा पूर्ण भएको बताए।
काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा आदिकवि भानुभक्त आचार्यको शालिक स्थापना गरिएको छ । जुलाई १२ मा आयोजित विशेष समारोहका बीच प्रमुख अतिथि बरिष्ठ साहित्यकार डा नवराज लम्साल र रिचमण्डका मेयर एडबर्डो मार्टिनेजद्वारा संयुक्त रुपमा शालिक अनावरण गरिएको हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्दन क्यालिफोर्निया च्याप्टरको सक्रियतामा नेपाल र भारतबाहेक पहिलो पटक डायस्पोरामा आदिकवि भानुभक्तको शालिक स्थापना भएको हो । अनावरण पछि मेयर मार्टिनेजले भने, ‘नेपाली भाषाका आदिकविको शालिक राखेर यो शहर सांस्कृतिक रूपमा पूर्ण भएको छ।’
सो शालिक क्यालिफोर्नियाको नेपाली कम्युनिटी सेन्टर, रिचमण्डमा स्थापना गरिएको छ । सोही अवसरमा आयोजित कार्यक्रममा कविता प्रतियोगिता सम्पन्न भएको थियो । रिचमण्डको आसपासमा रहनुहुने सगरमाथा आरोहीहरूलाई पनि सम्मान गरिएको थियो। प्रमुख अतिथि डा. लम्सालले दोसल्ला ओडाएर उनीहरूको सम्मान गरेका थिए।
भानुभक्त आचार्यले नेपाली भाषामा रामायणको सरल र जनबोलीमा अनुवाद गरेर नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्याएका थिए। संस्कृत भाषामा सीमित रहेको धार्मिक तथा साहित्यिक ज्ञानलाई आम नेपालीको पहुँचमा ल्याउन उनले खेलेको भूमिका ऐतिहासिक मानिन्छ। त्यसैले उनलाई नेपाली भाषाका आदिकविका रूपमा सम्मान गरिन्छ।
भानुभक्तको मूल परिचय उनीद्वारा लिखित महाकाव्य रामायण हो । दुनियाले धार्मिक ग्रन्थको रूपमा बुझे पनि रामायण महाकाव्य हो । यो काव्यिक मूल्यको आदि महाकाव्य हो।
प्रमुख अतिथि लम्साल पनि आधुनिक महाकाव्यकार हुन् । उनका कर्ण, धरा, अग्नि र कल्प गरि चार महाकाव्य प्रकाशित छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति
-
१० बजे १० समाचार : काठमाडौँमा ‘गाडी आतङ्क’, अर्थमन्त्रीको कार्यशैलीलाई लिएर बालेन असन्तुष्ट
-
रास्वपा भन्छ– सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण