बीपी राजमार्ग सञ्चालन
सोमबार, २९ असार २०८३, १७ : १५
सारांश
- वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राखेर रोकिएका बिपी राजमार्गका सवारी साधनहरू पुनः सुचारु गरिएका छन् ।
- यसअघि रोशी खोला क्षेत्रमा वर्षा भइरहेकाले सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि सवारी साधन होल्ड गरिएको थियो ।
- सडक मार्गमा सुरक्षाको हिसाबले कुनै अवरोध नरहेको सुनिश्चित भएपछि प्रहरीले रोकिएका सवारी साधनहरूलाई गन्तव्यतर्फ जान दिएको छ ।
काठमाडौँ । वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राखेर रोकिएका बीपी राजमार्गका सवारी साधनहरू पुनः सञ्चालन गरिएका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकले सामाजिक सञ्जालमार्फत अपडेट दिँदै हाललाई सवारी आवागमन सुचारु गरिएको जानकारी दिएको छ।
यसअघि आजै दिउँसो १२ः३३ बजे प्रहरीले एक जरुरी सूचना जारी गर्दै रोशी खोला क्षेत्रमा वर्षा भइरहेकाले सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि सवारी साधन होल्ड गरिएको थियो ।
सडक मार्गमा सुरक्षाको हिसाबले कुनै अवरोध नरहेको सुनिश्चित भएपछि प्रहरीले रोकिएका सवारी साधनहरूलाई गन्तव्यतर्फ जान दिएको छ । राजमार्ग सुचारु गरिए तापनि यात्रा गर्नुअघि बाटोको अवस्थाका बारेमा आवश्यक जानकारी लिएर यात्रा गर्न साथै ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण