सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

लाइसेन्स सम्बन्धी सेवा प्रभावित भएको विषयमा विभागको यस्तो स्पष्टीकरण

सोमबार, २९ असार २०८३, २० : ०७
सोमबार, २९ असार २०८३

काठमाडौँ। देशभरका यातायात कार्यालयहरूमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता सम्बन्धी सेवामा देखिएको अवरोधबारे यातायात व्यवस्था विभागले स्पष्टीकरण दिएको छ।

विभागले साेमबार एक सूचना जारी गर्दै नयाँ प्रणाली लागू गर्ने क्रममा भइरहेको 'सिस्टम अपग्रेड' र 'डाटा माइग्रेसन'का कारण सेवा प्रवाहमा समस्या आएको जनाएको हो। 

केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित

आर्थिक वर्षको अन्त्यमा सेवाग्राहीको अत्यधिक चाप बढेको र देशभर कार्यालयहरूको सङ्ख्या विस्तार भए पनि मौजुदा प्रणालीको क्षमता सीमित हुँदा आंशिक अवरोध उत्पन्न भएको विभागको भनाइ छ।

हाल विभागले सवारी चालक अनुमति पत्र प्रणाली र सवारी साधन दर्ता प्रणाली सञ्चालन गरिरहेको छ। सरकारले सवारी तथा यातायात सम्बन्धी नयाँ प्रणाली कार्यान्वयनमा ल्याउन लागेकाले प्राविधिक व्यवस्थापनका काम भइरहेको विभागले उल्लेख गरेको छ।

प्रणालीमा देखिएका समस्या यथाशीघ्र समाधान गर्न प्रयास भइरहेको जानकारी दिँदै विभागले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।

745476802_28057449287228584_8908925588565935450_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप