नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
सारांश
- काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका १६ जनामध्ये अधिकांश मुख्य अभियुक्त र उच्च पदस्थहरूलाई अधिकतम ४ वर्ष कैद सजाय सुनाएको छ।
- मुख्य योजनाकार र बिचौलिया भनिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायतलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ।
- ठगी, सङ्गठित अपराध, सरकारी लिखत किर्ते र राज्यविरुद्धको कसुरमा दोषी ठहरिएका उनीहरूलाई एकीकृत सजाय स्वरूप अधिकतम ४ वर्ष कैद तोकिएको हो।
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर भएका १६ मध्ये अधिकांश मुख्य अभियुक्त र उच्च पदस्थहरूलाई अधिकतम ४ वर्ष कैद सजाय सुनाएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मङ्गलबार सजाय निर्धारण गर्दै यो प्रकरणका मुख्य योजनाकार र बिचौलिया भनिएकाहरूलाई एकीकृत सजाय स्वरूप ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।
अदालतको फैसलाअनुसार सर्वाधिक ४ वर्ष जेल सजाय पाउनेहरूमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई रहेका छन्।
त्यस्तै, गिरोहका मुख्य सदस्यहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई र गोविन्द कुमार चौधरी (विक्रम) लाई पनि अदालतले जनही ४ वर्षकै कैद सजाय सुनाएको छ।
अदालतले उनीहरूलाई ठगी, सङ्गठित अपराध, सरकारी लिखत किर्ते र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो। ती विभिन्न कसुरहरूको सजाय जोडेर एकीकृत रूपमा फैसला गर्दा अधिकतम ४ वर्ष कैद कायम भएको हो।
दोषी ठहरिएका अन्यको हकमा भने १ वर्षदेखि साढे २ वर्षसम्मको कैद सजाय तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण