अपडेट
अर्थ मन्त्रालयमा बजेट कार्यान्वयनका लागि छलफल सुरु
सोमबार, ०४ साउन २०८३, १२ : ०९
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् ।
- अर्थ मन्त्रालयमा आयोजित बैठकमा प्रमुख मन्त्रालयका सचिवहरूको सहभागिता रहेको छ ।
- बैठकमा योजना आयोगका उपाध्यक्ष र अर्थसचिवसहित विभिन्न मन्त्रालयका सचिव एवम् प्रतिनिधिहरूको उपस्थिति छ ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूको सहभागितामा बैठक सुरु भएको हो ।
अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बसिरहेको उक्त बैठकमा योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्ट र अर्थसचिव डा. घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, एवं रक्षा मन्त्रालयका सचिव एवम् प्रतिनिधिहरूको सहभागिता रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण