कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
सारांश
- कञ्चनपुरमा च्याउ खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्।
- आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका महिलाहरूको खोजीका लागि प्रहरी र सेनाको टोली खटिएको छ।
- उनीहरूसँगै गएका ३ जनाको भने सकुशल उद्धार गरिएको छ।
कञ्चनपुर । कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाहरू सम्पर्कविहीन भएका छन् ।
आइतबार बिहान ११ बजेबाट उनीहरू सम्पर्क विहीन भएका हुन् ।
महिलाहरूको खोजीमा प्रहरी र सैनिक टोली खटिएका छन् । भीमदत्त नगरपालिका–१९ को बागफाँटा घर भएका महिलाहरूको खोजी भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदम विष्टले बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा परिचालित सेनाको टोलीले उनीहरूको खोजी कार्य गरिरहेको छ ।
सम्पर्कविहीन भएका महिलाहरू निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्जमा छिरेको थाहा भएको छ । सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार छन् ।
उनीहरूसँगै गएका ३ जनाले परिवारलाई फोन गरेपछि प्रहरीले उनीहरूको उद्धार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण