कांग्रेसले कसरी मनाउँदैछ वीपी स्मृति दिवस ?
सारांश
- नेपाली कांग्रेसले बीपी कोइरालाको ४४औं स्मृति दिवस साउन ६ र ७ गते देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
- स्मृति दिवसको अवसरमा साउन ६ गते ललितपुरमा ‘जलवायु जनचेतना जगाउन जुटौँ’ नाराका साथ ५ किलोमिटर ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गरिनेछ ।
- ग्रीन रनमा सहभागीको सङ्ख्याका आधारमा ‘मानवीय सहयोग कोष’ खडा गरिनेछ र यसको रकम विस्थापित सुकुम्वासी परिवारका वृद्धवृद्धा र बालबालिकाको हितमा खर्च गरिनेछ ।
काठमाडौँ । नेपाली कांग्रेसले बीपी कोइरालाको ४४औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी साउन ६ र ७ गते देशव्यापी रूपमा मनाउने भएको छ ।
सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति विश्वप्रकाश शर्माले काठमाडौँ उपत्यकामा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा साउन ६ गते जलवायु परिवर्तनसँग सम्बन्धित तथा साउन ७ गते पार्टीको नवीन अभियान घोषणा सहितको कार्यक्रम गरेर बीपी स्मृति दिवस मनाइने जानकारी दिए ।
त्यसअन्तर्गत साउन ६ गते ३ वटा कार्यक्रम आयोजना गरिने कांग्रेसले जनाएको छ । जसअन्तर्गत ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नाराका साथ ललितपुरमा ५ किलोमिटर ‘ग्रीन रन’ प्रतियोगिता हुनेछ । उक्त प्रतियोगिता बिहान ६ बजे ललितपुर यूएन पार्कबाट सुरु हुनेछ र महिला र पुरुष अलग अलग प्रतिस्पर्धा हुनेछ ।
‘मानवीय सहयोग कोष’ स्थापना
‘ग्रीन रन’ मा सहभागी हुनेको सङ्ख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम आफ्नो कोषबाट रकम जम्मा गरेर एक ‘मानवीय सहयोग कोष’ खडा गर्ने कांग्रेसले जनाएको छ । कोषको रकम पछिल्लो समय विस्थापित गरिएका सुकुम्वासी परिवारका वृद्ध आमा–बुबा र कलिला बालबालिकाको हितमा खर्च गरिने पनि कांग्रेसले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेका लागि पार्टीको फेसबुक तथा गुगल फर्म स्क्यान गरी अनलाइन मार्फत रजिस्ट्रेसन आज रातीसम्म खुला हुनेछ ।
प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुषलाई अलग–अलग क्रमशः ५० हजार, २५ हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै चौथो, पाँचौँ र छैटौँलाई क्रमशः १२ हजार, १० हजार र ८ हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ । यसका साथै विजेतालाई ट्रफी र मेडल प्रदान गरिने छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण