‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
मङ्गलबार, ०५ साउन २०८३, ०८ : १२
काठमाडौँ । चलचित्र ‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु भएको छ । चलचित्रका मुख्य कालकार विजय बराल घाइते भएसँगै रोकिएको छायाङ्कन पुनः सुरु भएको हो ।
केही अघि चलचित्र छायाङ्कनका क्रममा घोडाबाट खसेका विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको कारण छायाङ्कन रोकिएको थियो ।
पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायाङ्कन सुरु भएको निर्देशक सरोज पौडेलले जानकारी दिए ।
`जुन स्थानबाट छायाङ्कन रोकिएको थियो । यही ठाउँबाट छायाङ्कन सुरु गरेका छौँ । केही समय छायाङ्कन रोकिए पनि हामी फेरि उही जोस र लगावका साथ काममा फर्किएका छौँ´ निर्देशक पौडेलले भने, `यो बीचमा हामीले थप कसरी राम्रोसँग सिनेमा खिच्ने भनेर तयारी गर्यौँ । यो खाली समयलाई हामी सदुपयोग नै गरेका छौँ ।´
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण