विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
बुधबार, ०६ साउन २०८३, ०९ : ५५
सारांश
- विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गराउँदै छन् ।
- नेपाली कांग्रेसको प्रस्तावमा विपक्षी दलहरूले बिहान ११ बजे गृहमन्त्रीको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता गराउन लागेका हुन् ।
- मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे प्रमुख विपक्षी कांग्रेसको प्रस्तावमा एमाले, नेकपा र जसपा नेपालको समर्थन रहेको छ ।
काठमाडौँ । विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराउँदै छन् ।
राष्ट्रिय सभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको प्रस्तावमा विपक्षी दलहरूले बिहान ११ बजे गृहमन्त्रीको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता गराउन लागेका कांग्रेसका राष्ट्रिय सभाका प्रमुख सचेतक पदम परियारले जानकारी दिए ।
मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे प्रमुख विपक्षी कांग्रेसको प्रस्तावमा विपक्षी दलहरू एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थनमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराउने तयारी रहेको परियारले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण