विश्वकपको हारपछि समर्थकलाई एम्बाप्पेको भावुक पत्र, ‘टोलीको उपाधिविना यो व्यक्तिगत ट्रफी अधुरो’
सारांश
- विश्वकपको हारपछि फ्रान्सका कप्तान किलियान एम्बाप्पेले समर्थक र सहकर्मी खेलाडीहरूप्रति आभार व्यक्त गर्दै भावुक पत्र लेखेका छन्।
- एम्बाप्पेले आफूले १० गोल गरे पनि टोलीको उपाधिविना व्यक्तिगत उपलब्धि अधुरो रहेको बताएका छन्।
- उनले फुटबलको सरल नियम र खेल भावनाले सबैलाई जोड्ने उल्लेख गर्दै पत्रको अन्त्य गरेका छन्।
पेरिस । सन् २०२६ को विश्वकप सकिएलगत्तै फ्रान्सका कप्तान किलियान एम्बाप्पेले देशवासीका नाममा एक भावुक खुला पत्र लेखेका छन्।
अमेरिकामा सम्पन्न विश्वकपमा फ्रान्सको यात्रा सोचेजस्तो नरहेपछि रियल म्याड्रिडका यी स्टारले समर्थक र आफ्ना सहकर्मी खेलाडीहरूप्रति आभार व्यक्त गरेका छन्।
तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डसँग पराजित हुँदै फ्रान्स चौथो स्थानमा सीमित भएको थियो। सो निराशाजनक अन्त्यको एक सातापछि एम्बाप्पेले सोमबार पत्रिकाहरूमा खुला पत्र प्रकाशित गर्दै समर्थकलाई सम्बोधन गरे। बाल्यकालमा आफ्ना आदर्श खेलाडी थिएरी हेनरीको पोस्टरअगाडि उभिएको तस्बिरसहित प्रकाशित पत्रमा उनले टोलीको असफलतापछिको पीडा लुकाएनन्।
‘हामीले देशका लागि ट्रफी ल्याउन सकेनौँ,’ एम्बाप्पेले लेखेका छन्, ‘यसले मलाई दुखाएको छ र केही समयसम्म दुखिरहनेछ, म तपाईँहरूसँग ढाँट्दिनँ।’
पत्रको ठुलो हिस्सा उनले समयको ठुलो अन्तरका बाबजुद टोलीलाई पछ्याइरहेका फ्रान्सेली समर्थकहरूका लागि समर्पित गरेका छन्। फ्रान्स र विश्वभरका प्रशंसकहरूको समर्पणलाई स्मरण गर्दै उनले भने, ‘संसारको अर्को छेउमा हामी खेलेको हेर्नका लागि तपाईँहरू अबेर रातिसम्म जाग्राम बस्नुभयो।’
उनले घर, बार वा परिवारसँग बसेर खेल हेर्ने सबै समर्थकलाई धन्यवाद दिए। ‘स्टेडियममा झन्डा बोकेर आउने बालबालिका, युवा र वृद्ध सबै एउटै खुसीमा बाँधिएका थिए,’ उनले थपे, ‘अप्ठ्यारो परिस्थितिमा पनि तपाईँहरूले हाम्रो साथ छाड्नुभएन।’
एम्बाप्पेले १० गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ताका रूपमा सिरिज अन्त्य गरे। सेमिफाइनलमा विजेता बनेको स्पेनसँग पराजित भएपछि यो व्यक्तिगत उपलब्धि उनका लागि दोस्रो प्राथमिकतामा परेको छ।
‘सर्वाधिक गोलकर्ताको उपाधि पाउँदा मलाई गर्व छ,’ उनले लेखेका छन्, ‘तर विश्वकप ट्रफी पनि सँगै भएको भए अझ राम्रो हुन्थ्यो।’ आफूहरूले राम्रो अन्त्य दिन नसके पनि मैदानमा शतप्रतिशत प्रयास दिएको र त्यसमै गर्व रहेको उनले स्पष्ट पारे।
आफ्ना सहकर्मीहरूलाई धन्यवाद दिँदै उनले टोलीको सहयोगविना आफूले यति धेरै गोल गर्न नसक्ने बताए। ‘सानोमा मैले कम्तीमा एउटा विश्वकप खेल्ने सपना देखेको थिएँ,’ उनले सम्झिए, ‘मैले तीनवटा विश्वकप खेलेँ, एउटा जितेँ र यो वर्ष कप्तान भएर खेल्ने अवसर पाएँ।’
कप्तान एम्बाप्पेले मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्स र सम्पूर्ण सहयोगी टोलीलाई पनि धन्यवाद दिएका छन्। डेसच्याम्सको ठाउँमा अब जिनेदिन जिदानले राष्ट्रिय टोलीको सम्हाल्ने सम्भावना छ। एम्बाप्पेले पर्दापछाडि खटिने फिजियो, भान्छे, प्रशिक्षक र चालकहरूप्रति पनि आभार व्यक्त गरे।
पत्रको अन्त्यमा उनले फुटबलको सरल मर्मलाई सम्झाउँदै लेखेका छन्, ‘फुटबल मूलतः एउटा खेल नै हो। बल, गोल र गोल गर्ने चाहना जस्ता यसका साधारण नियमहरू कहिल्यै बदलिँदैनन्। त्यसैले यसले हामी सबैलाई एउटै भावनामा बाँध्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटना : सीडीओसहितका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय
-
प्रस्तावित निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको संसदीय सुनुवाइ भोलि
-
भोलि बेलुकासम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुपर्ने, अहिलेसम्म छैन सुरसार
-
फिफाको आलोचना गर्नुको सट्टा ध्यान, प्रार्थना वा फुटबल हेर्नुहोस् : अध्यक्ष इन्फान्टिनो
-
नेपाल एसबिआई बैंक इन्डियन चेम्बर अफ कमर्सद्वारा चार वटा अवार्डबाट सम्मानित
-
दोषीलाई कारबाहीकाे माग गर्दै स्वास्थ्यकर्मीले गरे प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण