‘सडकमा कसैलाई मार्नु देशप्रेम भएको छ’
नयाँ दिल्ली – बलिउड अभिनेता कुनाल कपुरले अहिले सडकमा कसैको हत्या गर्नु, सामाजिक सञ्जालमा गाली गर्नु वा असहमति जनाउनु देशप्रेमको परिभाषा बनेको बताएका छन् ।
‘मेरो लागि देशप्रेम भनेको भारत र पाकिस्तान बीचको खेलमा भारतको समर्थन गर्नु मात्र होइन । देशप्रेम भनेको देश निर्माण भएको सिद्धान्तको पक्षमा उभिनु हो । जुन भनेको सबै समान हुन्, सबैले समान अवसर पाउनुपर्छ,’ कपुरले भने ।
पञ्जाव विश्वविद्यालयमा आफ्नो आगामी चलचित्र ‘राग देश’ को प्रबद्र्धनका लागि कपुर पुगेका थिए । चलचित्र भारतीय राष्ट्रिय सेनाको सुनवाईको विषयमा आधारित छ जसमा उनी मेजर जनरल शाह नवाज खानको भूमिकामा देखिएका छन् ।
चलचित्र राज्यसभा टिभीले निर्माण गरेको हो ।
उनले आफूले सहमति नराख्नेको विरुद्ध नाराबाजी र मोर्चा गर्नु पनि अहिले देशप्रेम बनेको उल्ल्ेख गरे ।
के पाकिस्तानी कलाकारहरलाई बलिउडमा काम गर्न दिनुपर्छ भन्ने प्रश्नमा कपुरले यस्तो कुराको विरोध गर्नेहरुको दोहोरो चरित्रमा प्रश्न उठाए ।
‘करण जोहरको ए दिल हे मुस्किलमा फवाद खान काम गर्दा त्यसमा आपत्ति जनाइएको तर पछि श्रीदेवीको ‘मम’ मा पनि पाकिस्तानी कलाकार हुँदा त्यसमा कुनै आपत्ति जनाइएन,’ उनले भने ।
‘फरक व्यक्तिका लागि फरक नियम कानुन लागु हुदैन । तर, अहिले त्यही कुरा हाम्रो देशमा भइरहेको छ, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण