जग्गा जासुसकी नायिकाको शव झुण्डिएको अवस्थामा फेला
गुडगाउँ – असमिया चलचित्रकी नायिका तथा गायिका बिदिशा बेजबरुआको निधन भएको छ । सोमबार उनको शव उनकै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
प्रहरीले यो आत्महत्या भएको आशंका गरेको छ । तर, घटनास्थलमा कुनै सुसाइड नोट फेला परेको छैन ।
यसमामिलामा प्रहरीले बिदिशाका पतिलाई पक्राउ गरेको छ ।
बिदिशा चर्चित टेलिभिजन हस्ती थिइन् र कयौँ स्टेज शो पनि गरिसकेकी थिइन् । पछिल्लो पटक जग्गा जासुसमा देखिएकी थिइन् ।
हालै मात्र उनी पतिको साथमा गुडगाउँ शिफ्ट भएकी थिइन् । दुवैको एक वर्ष अघि विवाह भएको थियो ।
डिएसपी दीपक सहरानका अनुसार ‘बिदिशाको शव सुशांत लोक क्षेत्रमा रहेको आफ्नो घरमा पंखामा झुण्डिएको फेला परेको थियो । यो घर उनीहरुले हालै मात्र भाडामा लिएका थिए ।’
नायिकाको पिताले प्रहरीलाई आफ्नो छोरीले फोन नउठाएको खबर गरेपछि यो मामिला बाहिर आएको थियो ।
प्रहरीले बिदिशाको पतिविरुद्ध आत्महत्याको लागि उक्साएको मामिलामा मुद्दा दर्ज गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण