गेलले दिए चुनौती, सन्नी लियोनले दिइन् जवाफ
क्रिस गेलले मैदानमा त तपाईंलाई मनोरञ्जन प्रदान गर्छन् नै तर मैदान बाहिर पनि उनको अन्दाज सबैभन्दा भिन्न नै हुन्छ । उनी मैदान बाहिर पनि आफ्ना प्रशंसकको मुडलाई फ्रेश बनाउने गर्दछन् । केही दिन अघि उनले इन्टरनेटमा बलिउडको एउटा गीत ‘लेला मे लेला’ मा नाचिरहेको एउटा भिडियो पोष्ट गरेका थिए ।
बायाँ हात चलाउने यी आक्रामक बलरले यो भिडियोसँगै एउटा चुनौती पनि पेश गरेका थिए ।
गेलले यो डान्स बेंगलुरुमा एक विज्ञापनको क्रममा गरेका थिए । उनले उक्त चुनौतीका बिजेताले ५ हजार अमेरिकी डलर पाउने बताएका छन् । उनले शीर्ष पाँच भिडियोलाई आफ्नो पेजमा पोष्ट गर्ने बचन पनि दिए ।
Hey @henrygayle , Here is my entry for #ChrisGayleDanceChallenge 😅😛 LOL#SunnyLeone #ChrisGayleDanceChallengeAccepted pic.twitter.com/6HCJNsKU44
— Sunny Leone (@SunnyLeone) July 18, 2017
यसका लागि संसारभरीका प्रशंसकले गेललालाई भिडियो पठाउन सुरु गरे । यद्यपी, धेरैले गेललाई प्रभावित गर्न सकेनन् । बलिउड अभिनेत्री सन्नी लियोनले सायद गेललाई पक्कै प्रभावित गरिन् । उनले रईस फिल्ममा यही गीतमा नाचेकी थिइन् र उनले यसैको क्लिप उनलाई पोष्ट गरेकी थिइन् ।
I'm just seeing this...you got the moves. 😄👍🏿 https://t.co/7LlkR72Zdx
— Chris Gayle (@henrygayle) July 19, 2017
यसमा गेलले जवाफ दिँदै भने, ‘मैले यसलाई भर्खरै हेरें । तपाईंले राम्रो गर्नुभएको छ ।’ र अन्त्यमा सन्नीले भनिन्, ‘धन्यवाद, तपाईं पनि त्यति नराम्रो हुनुहुन्नथ्यो ।’
Thanks doll!! You are not so bad yourself ;) https://t.co/dKjiVUFtDH
— Sunny Leone (@SunnyLeone) July 19, 2017
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण