मृत्युपछि सन्तानलाई पैतृकसम्पत्ति दिने छैनन् शाहरुख, बताए यस्तो कारण
शाहरुख खानले आफ्नो मृत्युपछि सन्तानलाई पैतृकसम्पत्ति नदिने बताएका छन् । सम्पत्ति स्वरुप उनले सन्तानलाई राम्रो शिक्षा र एउटा घरबाहेक केही पनि नदिने उनले खुलासा गरेका छन् । यो कुरा उनले केही दिन अघि एक च्यानलाई दिएको अन्तर्वार्तामा भनेका हुन् । उनले भने, ‘हामी मध्यम वर्गीय परिवारका हौं । हाम्रो चाहना पैसा हुँदै होइन । म र गौरी यो कुरामा विश्वास राख्छौं कि यदी पैसा छ भने त्यसलाई राम्रो जीवन व्यतित गर्नमा खर्च गर्नुपर्छ ।’
शाहरुखले भने, ‘मैले कहिले पनि पैसा बचाइनँ । जति पनि कमाएँ, त्यसलाई फिल्म निर्माण र आवश्यक कामका लागि खर्च गरें ।’
सन्तानका लागि घर किन छोड्न चाहन्छन् शाहरुख ?
शाहरुख भन्छन्, ‘मुम्बई आउनुभन्दा पहिले मेरो घर थिएन । त्यसकारण म आफ्ना सन्तानका लागि घर छोड्न चाहन्छु । साथै, उनीहरुलाई राम्रो शिक्षा पनि दिन चाहन्छु ।’
‘मेरा सन्तान आफ्नै हिसाबले सादा जीवन बिताउँनेछन् । हामी उनीहरुको हरेक आवश्यकता पूरा गर्र्छौं । तर हामीसँग त्यति पैसा नै छैन जुन उनीहरुलाई पैतृक सम्पत्तिको रुपमा सुम्पिन सक्छौं ।’
तीन सन्तानका पिता हुन् शाहरुखः
शाहरुख र गौरी तीन सन्तानका आमा–बुवा हुन् । सन् १९९७ मा उनीहरुको जेठो छोरा आर्यनको जन्म भएको थियो । सन् २०१६ मा उनले स्नातक गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण