कपडा फ्याक्ट्रीमा एक हजारमा मजदुरी गर्ने यी अभिनेता, अहिले लिन्छन् २५ करोड पारिश्रमिक
एजेन्सी – साउथ इन्डियन फिल्मका सुपरस्टार सूर्याले आफ्नो पहिचान बनाउन कडा मेहेनत गरेका थिए । तामिल अभिनेता शिवकुमारका छोरा समेत रहेका सूर्याले फिल्ममा आफ्नो करियर बनाउनका लागि कहिल्यै पिताको साहारा लिएनन् । फिल्मी क्षेत्रमा रुचि नभएका कारण कपडा फ्याक्ट्रीमा काम सुरु गरेका उनले काममा आफू तामिल अभिनेता शिवकुमारका छोरा भएको कहिल्यै खुलाएनन् ।
उनले फ्याक्ट्रीमा काम गरेबापत एक हजार भारतीय रुपैयाँ आम्दानी गर्थे । करीब ८ महिना काम गरेपछि २० वर्षको उमेरमा सूर्याले फिल्ममा काम गर्नको लागि अफर गरियो ।
उनले १९९५ मा फिल्म ‘असाई’मा मुख्य भूमिकामा काम गर्नको लागि अफर गरेपनि फिल्ममा काम गर्ने इच्छा नभएका कारण उनले उक्त अफरलाई अस्वीकार गरिदिए ।
करिब ६ वर्षपछि सन् १९९७ मा फिल्म निर्माता मणिरत्नमको फिल्ममा काम गर्न बाध्य भए । अन्ततः फिल्म ‘नेररुक्कू नेर’बाट सूर्याले फिल्ममा डेब्यु गरे । उनको डेब्यु फिल्मलाई निर्देशक वसन्तले निर्देशन गरेका थिए ।
साउथ फिल्ममा सुपरस्टार बन्नको लागि उनले लामो संघर्ष गरेका थिए । फिल्ममा आत्मविश्वास, फाइटिङ र नृत्यमा निकै असहज परिस्थितीको सामना गर्नुपरेको उनी बताउँछन् ।
सूर्याको करियरमा फिल्म ‘नन्दा’ उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्न सफल भयो । उक्त फिल्मबाट उनलाई ‘बेस्ट एक्टरको अवार्ड’ दिइयो । २०१० मा उनले फिल्म ‘रक्त चरित्र’ मा काम गरे । त्यसबाट पनि उनले ‘बेस्ट न्यूकमरको स्क्रीन’ अवार्ड प्राप्त गर्न सफल भए । अहिले उनी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामा एक हुन् । उनी एउटा फिल्मको लािग २०.२५ करोड रुपैयाँ पारिश्रमिक लिन्छन् । साथै फिल्मको कथा लेखनको पनि छुट्टै पारिश्रमिक लिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण