प्रियंकाका पूर्व प्रेमी शाहिदले निक जोनसलाई दिए यस्तो सल्लाह
प्रियंका चोपडा र शादिद कपुरको सम्बन्ध कुनै बेला बलिउडको ‘टक अफ द टाउन’ थियो । यी दुईबीचको कथित प्रेमसम्बन्धबारे भारतीय मिडियाले राम्रै कभरेज दिन्थ्यो । तर अब स्थिती फेरिएको छ । प्रियंका चोपडाले केही महिनाअघि मात्रै अमेरिकी गायक निक जोनसँग विवाह गरेकी छिन् भने शाहिद कपुरले पनि केही वर्षअघि मिरा राजपुतसँग विवाह गरेर एक छोरा र एक छोरी जन्माएर आफ्नो परिवार पूरा गरिसकेका छन् ।
तिनै शाहिद कपुरले प्रियंकाका श्रीमान् निक जोनसलाई सल्लाह दिएका छन् । उनले कार्यक्रम कफी विद करणमा निकलाई यस्तो सल्लाह दिएका हुन् । कार्यक्रममा उनी भाइ इशान खट्टरसँगै पुगेका थिए । कार्यक्रमको टिजर सोसल मिडियामा सार्वजनिक भइसकेको छ ।
करणले जब शाहिदलाई प्रियंका चोपडा र निक जोनसलाई कस्तो सल्लाह दिन चाहनुहुन्छ भन्ने प्रश्नमा उनले झट्पट उत्तर दिए, ‘म निकलाई यो भन्न चाहन्छु कि यो सम्बन्धबाट कहिले पनि बाहिर आउन नखोज्नु किनभने अहिले उनी जोसँग छन् उनी पूर्ण रुपमा ‘देसी गर्ल’ हुन् । यति भनेपछि शाहिदले क्यामरातर्फ आँखा झिम्काए ।
टिजर भिडियोमा शाहिद ईशानलाई जान्ह्वीको नाम लिएर जिस्काउँछन् । यस्तै, ईशानले पनि दाइलाई उनले जान्ह्वीको नम्बर कुन नाममा सेभ गरेका छन् भनेर देखाउँछन् । टिजरमा स्टार दाजुभाइको जोडी निकै मज्जाको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण