मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिपाशाको यो टपलेस विज्ञापनबाट मच्चिएको थियो बबाल, लगाउनु पर्यो प्रतिबन्ध

सोमबार, २३ पुस २०७५, ०९ : २४
सोमबार, २३ पुस २०७५

आज अर्थात् डिसेम्बर ७ तारिखमा बिपाशा बसु आफ्नो ४० औं जन्मदिन मनाइरहेकी छिन् । अनस्क्रिनमा आफ्नो हट र बोल्ड अन्दाजका लागि चर्चित बिपाशा वास्तविक जीवनमा पनि निकै बोल्ड छिन् ।

चर्चित टपलेश विज्ञापनः

बिपाशा फिल्म र अभिनयका लागि चर्चित त पक्कै छिन् तर उनको जीवन विवादले पनि भरिएका छन् । यस्तै एक विवाद उनको एक विज्ञापनका लागि भएको थियो जुन उनले एक अन्तर्राष्ट्रिय ब्रान्डका लागि सुट गरेकी थिइन् ।

विवेक ओबरोगसँग गरिन् विज्ञापनः

यो विज्ञापनमा उनी विवेक ओबरोयसँग थिइन् र विज्ञापनमा बिपाशाले टपलेस दृश्य दिएकी थिइन् । त्यतिबेला उक्त विज्ञापन निकै चर्चित रह्यो तर रिपोर्टका अनुसार यसलाई भारतमा कहिले पनि रिलिज गरिएन र प्रतिबन्ध लगाइयो ।

सोसल मिडिया प्रेमी:

बिपाशा सोसल मिडियामा निकै सक्रिय छिन् । उनले सोसल मिडियामा आफ्नो विभिन्न क्रियाकलापका जानकारी एवं तस्बिर सेयर गरिरहन्छिन् ।

चर्चित भयो बिपाशा–करणको कपलासनः

उनी आफ्ना श्रीमान् करण सिंह ग्रोवरसँग दैनिक ‘कपलासन’ गर्छिन् । कसैले सोचेका पनि थिएनन् कि योगा यसरी पनि गर्न सकिन्छ ।

बिकिनी बेब बिपाशाः

बिपाशा बासुलाई बिकिनी लगाउन निकै मनपर्छ । यो कुरा उनले स्विकार गरिसकेकी छिन् । बिपाशाको इन्स्टाग्राम अकाउन्टमा पनि धेरैजसो फोटो बिकिनीमै हुन्छन् ।

डिजाइनर पनि हुन्ः

बिपाशा नायिकाका साथै एक सफल डिजाइनर पनि हुन् । द लेबल लाइफबाट उनी मलाइका अरोडा र सुजैनसँग मिलेर जुत्तादेखि लिएर कपडा र घर सजावटका सामग्री डिजाइन गर्छिन् ।

तीन वर्षदेखि फिल्मबाट टाढाः

बिपाशा तीन वर्षदेखि फिल्मबाट टाढा छन् । उनलाई पछिल्लो पटक सन् २०१५ मा हरर फिल्म ‘अलोन’ मा देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप