अक्षय कुमारले खोले जीवनको सबैभन्दा ठूलो राज, बाल्यकालमा भएका थिए यौनहिंसाको शिकार
बलिउड नायक अक्षय कुमार आफ्नो एक्शन र कमेडीको परफेक्ट टाइमिङका लागि परिचित छन् । सधैं मुस्कुराइरहेको जस्तो देखिने अक्षयको बाल्यकालको एक घटनाले उनलाई आज पनि डर पैदा गर्ने उनी बताउँछन् । मानव तस्करमाथि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा अक्षयले बाल्यकालमा आफू यौनहिंसाको शिकार भइसकेको बताए ।
डीएनएको एक खबर अनुसार अक्षयले आफ्नो बाल्यवस्थामा एक लिफ्टम्यानले उनलाई नराम्रो तरिकाले छोएको बताए । अक्षय आफ्ना आमा–बुवासँग खुलेर कुराकानी गर्न सक्ने भएकाले उनले यो कुरा बताएका थिए । पछि थाहा भयो कि ती व्यक्ति यस्तै अन्य मुद्दाका कारण पक्राउ परे ।
अक्षयले भने, ‘देशमा यस्तो प्रकारको घटना बढिरहेको छ । बच्चासँग जब केही गलत हुन्छ तब उनीहरु आफ्नो घरमा कसैसँग पनि यसबारे कुरा गर्न सक्दैनन् । यस्तोमा सबैभन्दा महत्वपूर्ण कुरा अभिभावकले आफ्नो सन्तानलाइ यी कुराबारे सचेत हुन र यसबारे आवाज उठाउन सिकाउनुपर्छ ।’
अक्षयका अनसार बच्चालाई यौनहिंसाजस्ता कुराबारे थाहा हुनुपर्छ जसका कारण उनीहरुमाथि केही गलत हुनबाट रोक्न सकियोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण