अरबाजले भने, ‘सलमानले अफ स्क्रिनमा यति चुम्बन गर्छन् कि अनस्क्रिनमा गर्न आवश्यकै पर्दैन’: सल्लुको यस्तो प्रतिक्रिया
मङ्गलबार, २४ पुस २०७५, १३ : १७
द कपिल शर्मा शोको आइतबारको संस्करणमा सलमान खान, अरबाज खान र सोहेल खान पुगे जसमा तीनै दाजुभाइले निकै रमाइलो गरे ।
कार्यक्रममा कपिलले सलमानलाई नचिनेको युवतीसँग स्क्रिन सेयर गर्न असहज हुन्छ भनेर प्रश्न गरे जसमा उनले भने, ‘म कसैलाई स्क्रिनमा चुम्बन त गर्दिनँ त्यसकारण मलाई यस्तो कुराले महत्व राख्दैन ।’ सलमानले यति भन्न नसक्दै अरबाजले भने, ‘अफ स्क्रिन यति धेरै गर्छन् कि उनलाई अन–स्क्रिन गर्न आवश्यक नै पर्दैन ।’ अरबाजको यस्तो कुरा सुनेर सलमान लजाए झैं अभिनय गरे ।
उक्त कार्यक्रममा सलमानले आफ्नो नयाँ फिल्म ‘भारत’ बारे पनि जानकारी दिए । फिल्ममा आफ्नो पात्रबारे कुरा गर्दै उनले भने, ‘फिल्ममा मैले यस्तो व्यक्तिको भूमिका निभाएको छु जसले ७२ वर्षको हुँदासमेत प्रेम पाउँदैनन् ।’ कपिलले त्यसपछि सलमानलाई सोधिहाले, ‘वास्तविक जीवनमा पनि यस्तो हुने त होइन नि ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण