कादर खानको निधनको ८ दिनपछि छोरा सरफराजको आरोपमा गोबिन्दाले मुख खोले, दिए यस्तो जवाफ
बिलिउडका दिग्गज कलाकार एवं लेखक कादर खानको डिसेम्बर ३१ मा निधन भयो । उनको अन्तिम संस्कार क्यानडामा गरियो जहाँ उनी लामो समयदेखि छोरा सरफराजसँग बस्दै आएका थिए ।
उनको निधनमा बलिउडका विभिन्न कलाकारले दुःख व्यक्त गरे । यद्यपी, उनका छोरा सरफराजले फिल्म इन्डष्ट्रिका कलाकारमाथि आफ्नो बुवालाई अन्तिम अवस्थामा पनि यादसमेत नगरेको आरोप लगाएका थिए ।
उनले भनेका थिए, ‘फिल्म इन्डष्ट्रिका मानिसहरु एउटा भन्छन् र अर्को गर्छन् । आज उनीहरु शीर्ष कलाकार हुन् र उनीहरु पुराना कलाकारको तस्बिरमा सँगै देखिन्छन् । उनीहरुको प्रेम तस्बिरमा मात्र सिमित हुन्छ ।’
गोबिन्दाले कादर खानलाई बताएका थिए पिता समानः
कादरसँग विभिन्न सुपरहिट फिल्ममा काम गरिसकेका अभिनेता गोबिन्दाले कादर खानको निधन पछि उनलाई पिता समान बताएका थिए । गोबिन्दाको यस्तो टिप्पणी पछि सरफराजले भनेका थिए, ‘कृपया गोबिन्दासँग सोध्नुहोस् कि उनले कतिपटक आफ्ना पिता समान मेरा पिताको अवस्थाबारे सोधेका थिए ? के उनले मेरो पिताको निधनपछि एकपटि पनि फोन गरेका थिए ?’
कादर खानका छोरा सरफराजको गोबिन्दा, अमिताभमाथि कटाक्षः एउटा फोनसमेत गरेनन्
गोबिन्दाले दिए यस्तो प्रतिक्रियाः
सरफराजद्वारा लगाएको आरोपमाथि अन्ततः गोबिन्दाले मुख खोलेका छन् । उनले एक अन्तर्वार्ताको क्रममा भने, ‘सरफराज अहिले बच्चा नै छन त्यसकारण उनको कुरामा कुनै टिप्पणी गर्न चाहन्नँ । बच्चालाई बच्चै हुन दिनुहोस् ।’
कादर खानको अन्तिम संस्कारमा छोराले भने, ‘मृत्युका बेला बुवाको अनुहारमा मुस्कान थियो’ (फोटो, भिडियो)
गोबिन्दाले अन्तर्वार्ताको क्रममा कादर खानको निकै तारिफ गर्दै आफूहरुबीच निकै बलियो ट्युनिङ हुने गरेको बताए ।
४१ वटा फिल्ममा सँगै काम गरेः
गोबिन्दाले कादर खानसँग लगभग ४१ वटा फिल्ममा काम गरेका छन् । दुबैको जोडी निकै रुचाइयो । कादर खान कहिले गोबिन्दाका पिता त कहिले ससुराको भूमिका निभाउँथे । कादर खानको निधनपछि गोबिन्दाले यस्तो ट्वीट गरेका थिए, ‘उनी मेरा उस्ताद होइन, पितासमान थिए । उनको मृत्युमा दुःखी छु र फिल्म इन्डष्ट्रिका हरेक व्यक्ति दुःखी छन् ।’
शक्ति कपूर भन्छन्, यसकारण दुखी थिए कादर खान
८१ वर्षे कादर खानको क्यानडाको अस्पतालमा मृत्यु
‘कादर खानको डिप्रेशनका कारण स्वास्थ्य बिग्रियो, स्मरणशक्ति पनि गुम्यो’
८१ वर्षका कादर खान भेन्टिलेटरमा, दिमागले काम गर्न बन्द गर्यो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण