ऐश्वर्याले बिर्सन सकिनन् उनीमाथि गरिएको सबैभन्दा ‘फोहोरी’ कमेन्ट, आज पनि बिझाउँछ
विश्वसुन्दरीको उपाधि जितिसकेकी बच्चन परिवारकी बुहारी जति सुन्दर छिन् त्यति नै स्पष्टवक्ता पनि । ऐश्वर्याले आफ्नो जीवनमा यस्तो कमेन्ट पनि पाएकी छिन् जसलाई उनले कहिले पनि नबिर्सने बताएकी छिन् । जुन कमेन्टले उनलाई अहिलेसम्म बिझाउँछ, त्यो हो नक्कली वा प्लास्टिक ।
एक भारतीय संचारमाध्यमसँगको अन्तर्वार्तामा जब उनलाई जीवनको सबैभन्दा फोहोरी वा भद्दा कमेन्ट कुन हो भन्ने प्रश्न सोधियो तब उनले जवाफ दिइन्, ‘नक्कली वा प्लास्टिक’ । ऐश्वर्याले त्यसबाहेक केही पनि भनिनन् न नै यसो भन्ने व्यक्तिको नाम नै लिइन् । तर जब ऐश्वर्याको बयान सार्वजनिक भयो तब मानिसहरुले ती व्यक्तिबारे अनुमान गर्न बेर नै लगाएनन् । करिब दुई वर्षअघि ऐश्वर्या रायलाई कफी विद करण कार्यक्रममा इमरान हासमीले ‘प्लास्टिक’ भनेका थिए ।
उक्त कार्यक्रमको र्यापिड फायरको क्रममा जब इमरान हाशमीलाई ऐश्वर्या रायबारे प्रश्न सोधियो तब उनले उनलाई प्लास्टिक (नक्कली) बताएका थिए ।
इमरानको उक्त कमेन्टपछि ऐश्वर्याले कहिले पनि उनीसँग काम नगर्ने कसम नै खाएको बताइन्छ । स्रोतका अनुसार जब ‘बादशाहो’ ऐश्वर्यालाई अफर भयो तब उक्त फिल्ममा इमरान भएका कारण फिल्म अस्विकार गरेकी थिइन् ।
हुन त यसबारे इमरान हाशमीले स्पष्टिकरण पनि दिइसकेका छन् । उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘र्यापिड फायरमा जुन प्रश्न सोधिएको थियो हाँसो ठट्टामा प्लाष्टिक भनेँ, त्यो पनि उपहार जित्ने लोभमा ।’
इमरानका अनुसार उनी ऐश्वर्याका निकै ठूला प्रशंसक हुन् र यदि ऐश्वर्यालाई भेटेमा उनीसँग निश्चित रुपमा माफी माग्नेछन् । उनले बादशाहोमा ऐश्वर्यालाई अफर गरिएको र आफ्ना कारण उनले फिल्म अस्विकार गरेका बारे भने केही पनि जानकारी नभएको बताए ।
इमरान हाशमीको चीट इन्डिया जनवरी १८ मा रिलिज हुँदैछ । यो शिक्षा व्यवस्थाको कहानीमा बनेको फिल्म हो । ऐश्वर्या राय भने अहिले कुनै पनि फिल्ममा काम गरिरहेकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण