बलात्कारको आरोप लागेका यी नायकको ४४ वर्षमा मृत्यु, डिप्रेशनमा थिए
फिल्म र टेलिभिजन अभिनेता इन्द्र कुमारको शुक्रबार बिहान ४४ वर्षको उमेरमा मृत्यु भएको छ । इन्दर सलमान खानका निकै नजिकका साथीमध्येका एक थिए । उनको मृत्यु हृदयघातका कारण भएको बताइएको छ । आजकाल उनी आफ्नो एक फिल्मको सुटिङमा व्यस्त थिए ।
सन् २०१४ मा एक महिलाले इन्दर कुमारमाथि बलात्कारको आरोप लगाएकी थिइन् । स्वास्थ्य परिक्षणपश्चात् बलात्कारको पुष्टि भएपछि इन्दर कुमारलाई पक्राउ गरेर जेल पठाइएको थियो । यद्यपी, पछि उनी जमानतमा छुटेका थिए ।
यस विषयमा बोल्दै उनकी श्रीमतीले इन्दरको समर्थन गर्दै भनेकी थिइन्, ‘यो बलात्कार होइन, वान नाइट स्ट्यान्ड थियो ।’
बलात्कारको आरोप लागेपछि र करियरमा उतार चढावका कारण इन्दरलाई रक्सी र चुरोटको लत लागेको थियो ।
एक अन्तर्वार्तामा उनकी श्रीमती पल्लवीले रक्सीको नशामा उनले आफूलाई चुर्लुम्मै डुबाएको जसका कारण उनलाई कुनै कुराको वास्ता नभएको बताएकी थिइन् ।
यस्तो समयमा सलमान खानले उनको मद्दत गरे र सलमानले इन्दरलाई आफ्नो फिल्ममा पनि काम दिए ।
इन्दरले सलमानसँग ‘तुमको ना भूल पाएंगे’, ‘कहीँ प्यार ना हो जाए’ र ‘वान्टेड’ मा काम गरे । सलमानका यी चर्चित फिल्मको फाइदा इन्दर कुमारलाई पनि भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण