बलिउड अभिनेत्रीः जसले प्रेमका लागि जीवन त्यागे
एजेन्सी – अजिब जिन्दगीमा गजब–गजब तमाशा हुन्छन् । हेर्दा जस्तो देखिन्छ यो जिन्दगी वास्तविकतामा त्यस्तो हुदैँन । यसका हजारौँ रङ हुन्छन् । बाहिर देख्दा चम्किरहनेहरु भित्र–भित्रै खोक्रो र निभेका अध्यारा मन बोकेर बाँचिरहेका हुन्छन् ।
‘रिल लाइफ’ मा सुन्दर र रंगिन जिन्दगी बाँचिरहेका फिल्म क्षेत्रका कतिपय अभिनेत्रीको ‘रियल लाइफ’ मा अध्यारो सिवाय केहि हुँदैन । देखिने र भोगिने जिन्दगी फरक–फरक हुन्छ । यसको ज्वलन्त उदाहरणको रुपमा बलिउडका केही अभिनेत्रीलाई लिन सकिन्छ ।
दर्शक र प्रशंसककाबिचमा निकै लोकप्रिय केहि अभिनेत्रीले प्रेममा धोका पाएपछि आत्महत्याको बाटो रोजेका थिए । प्रेमसम्बन्धमा दरार आएपछि र सम्बन्धले बाहिर चर्चा पाउन थालेपछि उनीहरुले संंसार त्यागेका थिए ।
प्रत्यूषा बनर्जी
चर्चित धाराबाहिक टेलिश्रृंखला ‘बालिका बधू’ बाट लोकप्रिय बनेकी अभिनेत्री प्रत्यूषा बनर्जीले झुन्डिएर आत्महत्या गरेकी थिइन् । उनको मृत शरीर पंखामा झुन्डिएको अवस्थामा फेला परेको थियो । प्रेमीबाट धोका पाएपछि उनले आत्महत्या गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।
जिया खान
अभिनेत्री जिया खानले पनि सन् २०१३ मा प्रेम सम्बन्धकै कारण उनले प्राण त्यागेकी थिइन् । अभिनेता सुजर पञ्चोलीसँग सम्बन्ध विग्रिएपछि उनले आत्महत्या गरेको बताइन्छ ।
दिब्या भारती
प्रेम सम्बन्धकै कारण संसार त्याग्ने अभिनेत्रीको सूचीमा दिब्या भारती पनि हुन् । उनले १९ वर्षको उमेरमै संसार त्यागेकी थिइन् । प्रेम सम्बन्ध टुक्रिएपछि उनले ५ तले भवनबाट हाम फालेर आत्महत्या गरेकी थिइन् ।
सिल्क स्मिता
त्यस्तै वोल्ड अभिनेत्रीको छवि बनाएकी सिल्क स्मिताले पनि २३ सेप्टेम्बर १९९६ मा आत्महत्या गरेकी थिइन् । करिअर र प्रेम सम्बन्धमा समस्या आएपछि उनले यो कदम उठाएको बताइन्छ ।
विवेका बाबाजी
बलिउडमा आत्महत्या गरेर संसार त्याग्ने अर्की अभिनेत्री हुन् विवेका बाबाजी । सन २००२ को चर्चित फिल्म ‘ये कैसी मोहब्बत’ की अभिनेत्री बाबाजीले सन् २०१० मा आफ्नै कोठामा पंखामा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
पारबीन बाम्बी
एक्लोपन र डिप्रेसनको सिकारबाट पीडित सुन्दर अभिनेत्री पारबीन बाम्बी असीको दशककी लोकप्रिय अभिनेत्री हुन् । अत्यधिक लागुपदार्थको सेवनका कारण उनको मृत्यु भयो ।
रुबी सिंह
त्यसैगरी, अभिनेत्री रुबी सिंहलाई पनि पंखामा झुन्डिएको अवस्थामा फेला पारिएको थियो । प्रेममा धोका पाएका कारण आत्महत्या गरेकी पुलिस रिर्पोटमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण