रेखाका जीवनका ‘बोल्ड फिल्म’: जसले बलिउडमा रातारात तहल्का मच्चायो
एजेन्सी – बलिउडमा करिब दुई दशकभन्दा बढी राज गरेकी अभिनेत्री रेखाको सुन्दरता आज पनि उत्तिकै लोभलाग्दो छ । सुन्दर मुहार सँगसँगै अभिनयमा पोख्त रेखा संसारभरीनै लोकप्रिय छिन् । उनलाई मन पराउने दर्शक त छँदै छन् उनका लागि जे पनि गर्न तयार दर्शकको संख्या पनि निकै ठूलो छ ।
६५ औँ बसन्तमा पाइला टेकिरहेकी सुन्दरी रेखाका हरेक अभिनेत्री नक्कल गर्न चाहान्छन् र उनीजस्तै बन्न चाहान्छन् । करियरको दौरान उनले अभिनय गरेका सयौँ फिल्म निकै नै लोकप्रिय भए । जसमा उनले शुशील महिलादेखि बोल्ड महिलाको भूमिका पनि निर्वाह गरीन् । तर उनले अभिनय गरेका केही बोल्ड फिल्मले रातारात तहल्का नै मच्चायो ।
सन् १९५४ अक्टोबर १० मा जन्मिएकी रेखाको वास्तविक नाम भानुरेखा हो । उनी अभिनेता जैमिनी गणेशमान र अभिनेत्री पुष्पावलीकी छोरी हुन् । यौन जीवनको बारेमा उनले व्यक्त गरेका धारणा र उनको वैवाहिक जीवनको विषयलाई लिएर उनी सधैँ चर्चामा रहन्छिन् । यद्यपि, उनले चुमेको सफलताको शिखर चुम्ने अभिनेत्री अव सायद कम होलान् ।
उत्सवः सन् १९८४ मा निर्देशक गिरीश कर्नाडद्वारा निर्देशित फिल्म ‘उत्सव’ मा रेखाको मुख्य भूमिका रहेको थियो । जसमा उनले वसन्तसेना नामकी महिलाको भूमिका निभाएकी थिइन् । जो एक गरीब व्यक्तिसँग सम्बन्धमा रहन्छिन् । फिल्ममा शेखर सुमन र रेखाको बोल्ड सिन रहेको छ । शशि कपूरले प्रोकक्सनमा बनेको यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्शन गर्न सकेन साथै दर्शकको आचोचनाको शिकार समेत खेप्नपर्यो ।
खिलाडियो का खिलाडी (१९९६): सन् १९९६ मा अमेश मेहराद्वारा निर्देशन गरिएको फिल्म ‘खिलाडियो का खिलाडी’ मा रेखा र अक्षयको मुख्य भूमिका रहेको थियो । यो फिल्ममा रेखा र अक्षयको बोल्ड सीन रहेको थियो । फिल्म दुवैको करियरमालाई अझै उचाईमा पुर्याउन सफल भयो । यो फिल्मपछि रेखा र अक्षयको अफयरको पनि चर्चा सुनियो ।
आस्थाः फिल्म ‘आस्था’ लाई निर्देशक बासू भट्टाचार्यले सन् १९९७ मा निर्देशन गरेका थिए । फिल्ममा ओम पुरी र नवीन निश्चलसँगै रेखाको भूमिका रहेको थियो । यो फिल्मको पोस्टर हेरेरनै धेरैले अनुमान लगाउँन सक्छन कि फिल्म कतिसम्म बोल्ड थियो भनेर । रेखामा यस फिल्ममा ओम पुरीसँग निकै नै बोल्ड सिन दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण