नीता अम्बानीको स्कुलमा बलिउड स्टारको ‘क्रेज’, फि यति महँगो ?
एजेन्सी – विद्यालयमा बालबालिकालाई शिक्षा दिन रुचाउने एसियाकै धनि मुकेश अम्बानीकी श्रीमती नीता अम्बानी सफल शिक्षा व्यवसायी हुन् । उनले रिलायन्स कम्पनीका संस्थापक धीरुभाई अम्बानीका छोरा मुकेश अम्बानीसँग बिहे गर्नुअघिनै आफूले विद्यालयमा काम गर्न पाउनुपर्ने शर्त राखेकी थिइन् । सफल व्यवसायमा संलग्न अम्बानी परिवारले उनका शर्त स्वीकार गरेका थिए । जसको कारण आज उनी सफल बन्न सफल भएकी छिन् । उनको मेहेनत र लगावले गर्दा नै आज उनको विद्यालय तथा कलेज सबैको रोजाईमा पर्ने गर्छ ।
जसमा बलिउडका शाहरुख खान, ऐश्वर्या राय, ऋतिक रोशनजस्ता धेरै सफल र चर्चित अभिनेता तथा अभिनेत्रीको छोराछोरी ‘धीरुभाई अम्बानी इन्टरनेशनल स्कुल’ मा पढ्दै आइरहेका छन् ।
शाहरुख खानका छोरा अबराम, आमिर खानका छोरा आजाद राव खान, ऐश्वर्या राय र अभिषेक बच्चनकी छोरी आराध्या बच्चन, ऋतिक रोशनका दुवै छोरा ऋदान र ऋहान दुवै यही स्कुलमा पढिरहेका छन् । लाखौँ रुपैयाँ फि भएको स्कुल बलिउड स्टारका छोराछोरीले भरिएको छ ।
यो स्कुलको फि तिर्न सेलिब्रेटीहरु मात्र सक्षम छन् । साधारण व्यक्तिका लागि निकै महंगो भएकाले उक्त स्कुलमा भर्ना हुन असम्भव जस्तै छ ।
नीता अम्बानीको लगानीमा २००३ मा खोलिएको यो स्कुल बान्द्रा इस्टस्थित बिकेसी कम्प्लेक्समा रहेको छ । अत्याधुनिक प्रविधिहरु भएको यो स्कुलमा एलकेजीदेखि १० कक्षासम्मको पढाई हुन्छ ।
एक रिपोर्टका अनुसार यस स्कुलका फि यसप्रकार छः
–एलकेजी बाट ७ औं कक्षासम्म १ लाख, ७० हजार
–८ औं कक्षाबाट १० कक्षासम्म १ लाख, ८५ हजार
–८ औं कक्षाबाट १० औं कक्षाको (IGCSE बोर्ड) को ४ लाख, ४८ हजार
नोटः माथि उल्लेखित रकम भारतीय विनिमयदरमा आधारित छ ।
यो पनि पढ्नुहोस् ।
८ सय मात्रै तलब भएकी नीताले यस्ता शर्तमा विहे गरेकी थिइन् मुकेश अम्बानीसँग
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण