अर्जुनपछि बोनी कपुर पनि सलमानको घरमा प्रवेश गर्न प्रतिबन्धित ?
आजकाल मलाइका अरोडा र अर्जुन कपुरको सम्बन्धबारे निकै चर्चा भइरहेको छ । मलाइका र अरबाज खानले आफ्नो १८ वर्षे वैवाहिक सम्बन्ध गत वर्ष समाप्त गरेका थिए । दुबैले अलग बाटो रोजिसकेका छन् । यता मलाइका अर्जुनसँगको सम्बन्धका कारण चर्चामा छिन् भने उता अरबाज पनि जर्जिया एन्ड्रियानी नामकी मोडललाई डेट गरिरहेको भन्ने खबर भारतीय संचारमाध्यमले सार्वजनिक गरेका छन् ।
भारतीय मिडिया टाइम्स अफ इन्डियाले बताए अनुसार सलमान खान अर्जुन र मलाइकाको सम्बन्धका कारण निकै रुष्ट छन् । अझ यी दुईको विवाह हुन लागेको हल्लाले उनको रिसको पारो निकै माथि चढेको स्रोतले बताएको छ । कुनैबेला सलमानकी बहिनी अर्पिता खानसँग डेटिङ गरेका अर्जुन अब सलमानकी बुहारीसँगको प्रेम सम्बन्धमा छन् । भारतीय मिडियामा छापिएको खबरलाई विश्वास गर्ने हो भने सलमानले अर्जुनपछि अब उनका बुवा बोनी कपुरलाई आफ्नो घरमा प्रवेशका लागि प्रतिबन्ध गरेका छन् । यसबारे इन्डिया टाइम्सले पनि समाचार छापेको छ ।
स्मरण रहोस्, जब सन् २०१२ मा अर्जुनले बलिउडमा प्रवेश गरे तब त्यतिबेला सलमानले उनलाई निकै सहयोग गरे । बलिउड सेलिब्रिटीका सन्तानले सलमानबाट जस्तो सहयोग पाउँथे उनले पनि त्यस्तै पाए ।
तर रिपोर्ट अनुसार अब सलमान र अर्जुनबीचको सम्बन्धले नयाँ रुप लिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण