आमिर खानपछि शाहरुखले पनि छोडे यो फिल्म, यस्तो छ कारण
बलिउडमा बायोपिक फिल्मको समय चलिरहेको छ । यसैअनुरुप भारतका अन्तरिक्ष यात्री राकेश शर्माको कहानीमा पनि फिल्म बन्न लागेको खबर सार्वजनिक भएका छन् । यो फिल्मको मुख्य भूमिकामा पहिलो रोजाई आमिर खान थिए तर आफू केही प्रोजेक्टमा व्यस्त भएको कारण देखाउँदै आमिरले फिल्म छोडिदिए । आमिरपछि फिल्ममा बलिउडका किंग शाहरुख खान जोडिए तरअब शाहरुखले पनि यो फिल्मलाई छोडेको खबर जिन्यूजले दिएको छ । शाहरुखले डन थ्रीको सुटिङका कारण उक्त फिल्म छोडेको बताइएको द्ध ।
क्रिसमसमा रिलिज भएको फिल्म जिरो फ्लप भएपछि शाहरुखका अबका प्रोजेक्टबारे मानिसहरुको रुची बढेको छ । केही दिन अघि शाहरुख खानले राकेश शर्माको बायोपिक ‘सारे जहाँ से अच्छा’ लाई राकेश शर्माको गरिमा जस्ताको तस्तै राखेर बनाइने जानकारी दिएका थिए । तर अब यस्तो लाग्छ कि लगातार फ्लप भइरहेको फिल्मको दबाबका कारण शाहरुख अब आफ्नो खाता ‘डन थ्री’ बाट खोल्ने योजना बनाइरहेका छन् ।
स्मरण रहोस्, केही दिन अघि फिल्म ‘सारे जहाँ से अच्छा’ मा नायिका फातिमा सना शेखले शाहरुख खानसँग रोमान्स गर्ने बताइएको थियो । तर अब शाहरुख खानले नै फिल्म छोडेपछि अब फिल्ममा को–को आबद्ध हुनेछन् त्यसबारे केही भन्न नसकिने भारतीय मिडियाले बताएको छ ।
यस्तै, डन थ्रीका निर्देशक फरहान अख्तरले ‘गली बोय’ को ट्रेलर लञ्चको क्रममा उनी चाँडै नै आफ्नो नयाँ प्रोजेक्टको घोषणा गर्नसक्ने बताएका थिए । फरहान र शाहरुख डन सिरिजको तेस्रो फिल्ममा सँगै काम गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण