वर्षको पहिलो हिट फिल्म बन्ने तयारीमा उरी, पहिलो विकेन्डमा ३५ करोड बढीको कमाई
विकी कौशल र यामी गौतमको फिल्म उरीः द सर्जिकल स्ट्राइक वर्षको पहिलो हिट फिल्म बन्ने दिशामा अग्रसर छ । करिब २५ करोड भारुको लागतमा बनेको फिल्मले आफ्नो पहिलो विकेन्डमा कूल ३५.७३ करोडको कमाई गरेको छ । तेस्रो दिन फिल्मको कमाईमा २१.४८ प्रतिशतको वृद्धि दर्ता गरिएको छ । ट्रेड एनालिस्ट तरन आदर्शले ट्वीट गरेर यसबारे जानकारी दिएका छन् ।
पहिलो दिन कमाएका थिए ८.२० करोडः
सन् २०१६ मा भएको सर्जिकल स्ट्राइकमा आधारित यो फिल्मले पहिलो दिन ८ करोड २० लाख भारु कमायो । दोस्रो दिन फिल्मको कमाई ५१.५९ प्रतिशत वृद्धि भयो र कमाई १२ करोड ४३ लाख रह्यो । यस्तै, तेस्रो दिन फिल्मले देशभरी १५ करोड १० लाख भारु जम्मा गर्यो ।
केजीएफको हिन्दी संस्करणले बटुल्यो ४२ करोडः
गत वर्ष डिसेम्बरमा रिलिज भएको रणवीर सिंहका ब्लकबस्टर फिल्म सिम्बाले रिलिजको १७ औं दिन ५ करोड ३० लाख भारुको कारोबार गर्यो । यसका साथै फिल्मको कूल कमाई २२४.८४ करोड भारु भयो । यस्तै पारसनाथ नीलको निर्देशनमा बनेको फिल्म केजीएफः च्याप्टर वानलाई पनि हिन्दी दर्शूकले निकै रुचाए । फिल्मको हिन्दी संस्करणले चार हप्तामा ४२ करोड भारुको कमाई गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण