‘किक –२’ मा सलमानसँग दिशा पटानी
बुधबार, ०२ माघ २०७५, ०९ : ०३
एजेन्सी – बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘किक–२’ मा दिशा पटानी देखिने भएकी छिन् । सन् २०१४ मा रिलीज भएको फिल्म ‘किक’ मा ज्याकलीन फर्नाडीज मूख्य भूमिकामा थिइन् ।
साजिद नाडियाडवालाद्वारा निर्माण र निर्देशित उक्त फिल्मको सिक्वेल ‘किक–२’ को लागि गृहकार्य भइरहेको स्रोतले जनाएको छ ।
सन् २०१६ मा रिलीज भएको फिल्म ‘एम.एस.धानीः दि अनटोल्ड स्टोरी’ बाट बलिउडमा डेब्यु गरेकी दिशा पटानीले दोस्रो फिल्म ‘बागी–२’ मा काम गरेकी थिइन् । पहिलो फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।
अहिले उनी सलमान खानको ‘भारत’ मा काम गरिरहेकी छिन् । स्टन्टले भरिएको फिल्ममा उनी आफैले स्टन्ट दिइरहेकी छिन् । सलमान खानको फिल्म ‘भारत’ दिशा पटानीको करियरको लागि निकै ठूलो अवसर हुने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण