सलमान असल साथी भएको भन्दै कंगनाले व्यक्त गरिन् यस्तो इच्छा
एजेन्सी – बलिउड अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो नयाँ फिल्म ‘मणिकर्णिका द क्वीन अफ झासी’को प्रमोसनमा व्यस्त छिन् । फिल्म प्रमोसनका क्रममा फिल्मी क्षेत्रका नयाँ र रहस्यमही कुराको खुलासा गर्नु चलचित्र क्षेत्रका लागि कुनै नौलो विषयमा होइन । यसैक्रममा, कंगनाले पनि आफ्नो नयाँ फिल्मको प्रमोसनका लागि बलिउडका नयाँ नयाँ रहस्यहरुको पर्दा खोलिरहेकी छिन् ।
बलिउडका तीन चर्चित र सफल खान (सलमान, आमिर र शाहरुख) सँग फिल्म नखेलेरै बलिउडमा स्थापित भएर देखाउने प्रण गरेकी रनौतले आफ्नो करियरलाई उचाईमा पुर्याएकी थिइन् । तर, धेरैको चासोको विषय यो हुन्छ कि उनी अब करियरको कुनै मोडमा यी खानहरुसँग फिल्म खेल्छिन् कि खेल्दिनन् त ? उनलाई पत्रकारले सलमानसँग काम गर्ने नि नगर्ने भन्ने सवाल गरेका थिए ।
पत्रकारको जवाफमा कंगनाले सलमान खान आफ्नो असल साथी भएको र उनीसँग काम गर्ने मौका मिलेमा खुशीसाथ स्वीकार गर्ने बताएकी छिन् । सलमानसँग कंगनाको कुनै पनि सन्दर्भमा अहिलेसम्म वादविवाद भएको छैन । उनीहरु एक अर्काको कामलाई निकै सम्मान गर्ने गर्छन् । यद्यपि, सलमानको फिल्म ‘सुल्तान’ मा काम गर्नको लागि अस्वीकार गरेकी थिइन् ।
कंगना स्वयंले सलमानको अफर अस्वीकार गरेको स्विकार गरिन् । उनले अब सलमानले कुनै पनि काम गर्न अफर गरेमा सहर्ष स्वीकार गर्ने पनि उनले बताइन् । उनको फिल्म ‘मणिकर्णिका द क्वीन अफ झासी’ २५ जनवरीमा रिलीज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण